• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

शिशुवा–खुदीखोला सडक उद्घाटन 

Ramsharan Nepali by Ramsharan Nepali
April 24, 2026
in समाचार, स्थानीय
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ, १० वैशाख ।
पोखरा महानगरपालिका वडा नं.३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा नगर प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको लगानी र परियोजना सञ्चालनका लागि प्राथमिकतामा रहेको बताउनुभयो । “हामी आइसकेपछि नेपालमा जति पनि विकास साझेदारहरू छन्, ती सबै पोखरामा आएका छन्, नगर प्रमुख आचार्यले भन्नुभयो, यो साना दुखले भएको चिज होइन, आज गएर ल हामीलाई यो गर्दिनुस् न भनेर भोलि पल्ट भएको पनि होइन ।” पोखरामा हाल ३३ अर्ब बढीका परियोजनाहरू सञ्चालन रहेको उहाँले बताउनुभयो । शिशुवाचोकदेखि खुदिखोलासम्मको सडक निर्माण सम्पन्न गरेको विश्व बैङ्क कै सहयोगमा उक्त सडकको दोस्रो चरण समेत निर्माण कार्य अगाडी बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।
तालचोक बेगनास सडक निर्माणमा भइरहेको ढिलाइ प्रति उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभयो । आयोजना सञ्चालनका क्रममा देखा परेका विभिन्न बाधा तथा अवरोध लगायतका कारण निर्माण कार्य विलम्ब भइरहेको उहाँले बताउनुभयो । उक्त सडक निर्माणका लागि अन्तिम पटक म्याद थपिएकाले सो अवधि भित्र काम सम्पन्न गर्ने गरी समन्वय, सहयोग र सकारात्मक खबरदारी गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महानगरपालिकाको दिगो विकास निर्माण तर्फको यात्रा सह्रानीय रहेको बताउनुभयो । पोखरा महानगरपालिकाको छिमेकी पालिका भएको नाताले रुपा गाउँपालिका दिगो विकासका अभियानहरूमा हातेमालो गर्न तयार रहेको बताउनुभयो । ऐतिहासिक मार्गका रूपमा स्थापित शिशुवा सिसाघाट अन्तर्गत शिशुवादेखि खुदीखोलासम्मको सडक नमुना सडकका रूपमा निर्माण भएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले पोखरा महानगरपालिका नागरिकहरूको अपेक्षा अनुसार सेवामा पहुँचका पूर्वाधारहरू निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बाबुराम गिरीले सकारात्मक सोचको विकासमा जोड दिनुभयो । पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले महानगरपालिका समग्र महानगरको समानुपातिक र समावेशी विकासका सिद्धान्तहरूको आधारमा अगाडी बढेको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास अभियानमा साथ दिने सबै नागरिक तथा सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुलीले सडक निर्माण भए पनि त्यस क्षेत्रका उपभोक्ताहरूलाई निकै सहज हुने बताउनुभयो ।
आयोजनाका फोकल पर्सन इ.नवीन गौतमका अनुसार शिशुवादेखि खुदी खोला पुलसम्मको करिब ४.१४ किलोमिटर सडक निर्माण भएको हो । विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार दुई सय ९५ रुपैयाँ आर्थिक सहयोगमा सडक निर्माण भएको हो । सडक नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सपोट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुट ट्र्याक रहेको छ ।
Previous Post

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण
अर्थ खबर

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह
समाचार

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा
समाचार

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

ईलेक्ट्रो मेकानिकलको शुभकामना आदान प्रदान
समाचार

ईलेक्ट्रो मेकानिकलको शुभकामना आदान प्रदान

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस
समाचार

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?