पोखरा – लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा पाेखरा महानगरपालिका वडा नं २७ अर्चले बाह्रघर सामुदायिक भवनमा महिला हिंसा तथा कानुनी सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी बरिष्ठ नायव निरीक्षक श्री हाेत बहादुर राेकाले सामाजिक सचेतनाको अभावमा समाजमा अझै पनि हिंसाका गतिविधि कायम रहेको बताउँदै सचेतना एवं जागरणमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, लेखनाथका अध्यक्ष कृष्ण रिजालले समृद्ध समाज निर्माण गर्नका लागि सबै खाले हिंसा अन्त्य हुनु अपरिहार्य भएको बताए ।
कार्यक्रममा कार्यसमिति सदस्यहरू, सामुदायिक प्रहरी जिल्ला सदस्य मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन गोबिन्द वाग्लेले गरेका थिए।






Discussion about this post