लेखनाथ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णमणि लामिछाने, सचिवमा शिबमाेहन अधिकारी, सहसचिवमा दिपेन्द्र शर्मा र कोषाध्यक्षमा विमला पहारी छन् । यसैगरी सदस्यहरूमा राजेन्द्रबहादुर जिसी, तिलबहादुर भुजेल, मित्रलाल तिमिल्सिना, शिवराज तिमिल्सिना, गोपालमणि लामिछाने र ऋषिकेश बराल छन् । लेखा संयोजकमा भने घनश्याम लामिछाने चयन भए ।
साधारणसभाको पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गरे । उनले आफूहरू निर्वाचित भएपछि लेखनाथ जन्मस्थल विकासका लागि सक्दो काम गरिरहेको बताए । जनप्रतिनिधिको हिसाबले लेखनाथ जन्मस्थल विकासका लागि योगदान दिने सम्पूर्णप्रति उनले धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई पनि पूर्ण साथ सहयोग रहने बताए ।

लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछानेले करिब १० वर्ष आफूले नेतृत्व गर्दाका अनुभव प्रस्तुत गरे । संस्था औपचारिक रूपमा दर्ता भएर अधिवेशनको क्रममा रहँदा खुसी लागेको उनले उल्लेख गरे ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफूहरूले खल्तीबाटै रकम खर्च गरेर पनि कार्यक्रमहरू अगाडि बढाउँदै सबैको सहयोगले नै संस्था यहाँसम्म ल्याएको बताए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले लेखनाथसँग सम्बन्धित समाचारहरूले सधैँ प्राथमिकता पाएको र अझै कलम चलिरहने भनाइ राखे ।
कार्यक्रममा टिकट घर निर्माण गरिदिने संस्था लेखनाथ उद्योग वाणिज्य संघ, निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछाने र लायन्स क्लब अफ कैलाश चौतारी पोखरालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, नेपाल रेडक्रस सोसाइटी अर्घौं उपशाखाका सभापति बोधराज लामिछाने, लक्ष्मी आदर्शका प्रधानाध्यापक शिवमणि भण्डारी, लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिव शिबमाेहन अधिकारीले गरेका थिए ।






Discussion about this post