• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home गीत संगीत

बेगनासताल भजन समूहको ‘लेखनाथको महिमा’ सार्वजनिक

Lekhnath Khabar by Lekhnath Khabar
July 22, 2026
in गीत संगीत, समाचार
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

बेगनास,
साउन ६ – पोखराको पर्यटकीय तथा सांस्कृतिक क्षेत्र लेखनाथको प्राकृतिक सौन्दर्य र धार्मिक सम्पदाहरूलाई समेटेर तयार पारिएको नयाँ नेपाली भजन ‘लेखनाथको महिमा’ सार्वजनिक भएको छ। बेगनासताल भजन समूहको आधिकारिक युट्युब च्यानलमार्फत उक्त भजन सार्वजनिक गरिएको हो।

स्थानीय कला, संस्कृति र धार्मिक पर्यटन प्रवर्द्धनका लागि पोखरा महानगरपालिका वडा नं. ३१ कार्यालयको आर्थिक सहयोगमा यो भजन तथा भिडियो निर्माण गरिएको हो।

यस भजनमा शब्द रचना हरिप्रसाद ढकालको रहेको छ भने दृश्य निर्माणतर्फ सञ्जीव फिल्मस् का सञ्जीव घिमिरे र सुशील थापाले निर्देशन तथा छायाङ्कन गर्नुभएको छ। लामो समयदेखि लेखनाथ क्षेत्रको प्रचारप्रसार, सुन्दर दृश्य तथा वृत्तचित्र निर्माणमा निरन्तर क्रियाशील रहँदै आएको सञ्जीव फिल्मस्‌ले यस भजनमार्फत पनि यस क्षेत्रको सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

भजनमा लेखनाथ क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूको विस्तृत वर्णन गरिएको छ। विशेष गरी कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्चले गाउँको स्मरण गर्दै लेखनाथका सात तालहरू—बेगनास, रुपा, खास्टे, निउरेनी लगायतका जलाशय र वरपरका नदीहरूको सौन्दर्यलाई प्रस्तुत गरिएको छ।

यसैगरी ठुलाकोटको भैरवथान, चक्रदेवी, मनकामना, कालिका मन्दिर, शिशुवाको चन्द्रकाली, पचभैया तथा लामागाउँका गुम्बा, सीता गुफा, बेगनासकोट र तालबेसीको जलेश्वर महादेवजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूलाई भजनमार्फत उजागर गरिएको छ। बेगनासतालमा हुने नियमित आरती र स्थानीय माझीकुनाको रमणीय वातावरणलाई समेत भिडियोमा सुन्दर ढङ्गले समेटिएको छ।

स्थानीय सरकारको सहयोग, सांस्कृतिक समूहको पहल र सञ्जीव फिल्मस्‌को प्राविधिक योगदानमा तयार पारिएको यो भजनले लेखनाथ क्षेत्रको चिनारीलाई अझ व्यापक बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Previous Post

लेखनाथ जन्मस्थल संरक्षण समितिको अधिवेशन, अध्यक्षमा गोपी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ जन्मस्थल संरक्षण समितिको अधिवेशन, अध्यक्षमा गोपी
समाचार

लेखनाथ जन्मस्थल संरक्षण समितिको अधिवेशन, अध्यक्षमा गोपी

नयाँ शिक्षा नियमावलीले विद्यालयमा पर्ने प्रभाव, अवसर र चुनौती
विचार/ब्लग

नयाँ शिक्षा नियमावलीले विद्यालयमा पर्ने प्रभाव, अवसर र चुनौती

टल्किने क्रिस्टल जस्तो ढुंगालाई बहुमुल्य बस्तु भनी ठगी गर्ने ६ जना पक्राउ
समाचार

टल्किने क्रिस्टल जस्तो ढुंगालाई बहुमुल्य बस्तु भनी ठगी गर्ने ६ जना पक्राउ

अनुशासन कि अधिकार? विद्यालयका नयाँ सीमारेखा र नेपालको शिक्षा प्रणाली
शिक्षा

अनुशासन कि अधिकार? विद्यालयका नयाँ सीमारेखा र नेपालको शिक्षा प्रणाली

नेपाल सरकारका १०० दिन : प्रतिबद्धता, यथार्थ र जनअपेक्षा
समाचार

नेपाल सरकारका १०० दिन : प्रतिबद्धता, यथार्थ र जनअपेक्षा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?