लेखनाथ, ०७, साउन । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले खानेपानी सुरक्षा उप–समितिका पदाधिकारी एवं सदस्यहरुको लागी खानेपानी सुरक्षा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष मुरारी शर्माले संस्थाले वितरण गर्ने खानेपानी धारादेखी मुखसम्म सुरक्षित राख्ने संस्थाको ध्येय रहेको वताउँदै यसमा सुरक्षा समितिको सक्रियताले संस्थाको उद्धेश्य प्राप्तीमा सघाउ पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको वताएका थिए ।
यस्तै सचिव सुर्यनाथ भण्डारीले वार्षिक रुपमा बनाईएको कार्ययोजना बमोजिम उपसमितिले कार्यहरु गर्दै जाने विश्वास व्यक्त गर्दै संस्था र उपभोक्ताहरु विच पुलको काम गर्दै उपभोक्ताहरुमा समेत खानेपानी सुरक्षा सम्बन्धी सचेतना पुग्ने बताएका थिए ।

कार्यक्रममा कार्यालय प्रमुख शिव प्रसाद अमात्यले खानेपानी सुरक्षा व्यवस्थापन र प्राविधिक पक्षको विषयमा र सहायक कार्यालय प्रमुख विश्व राम भण्डारीले खानेपानी सुरक्षा योजना कार्यविधि र संस्थागत खानेपानी सूरक्षा योजना कार्यक्रमका कार्य विषयमा प्रशिक्षण दिएका थिए ।
सुरक्षा उप–समितिका संयोजक मुकुन्दराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सह–संयोजक राधा सापकोटाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सहायक कार्यालय प्रमुख विश्व राम भण्डारीले गरेका थिए ।








Discussion about this post