• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट गन्तव्य: जनप्रकाश बहुमुखी क्याम्पस

Lekhnath Khabar by Lekhnath Khabar
July 24, 2026
in शिक्षा, समाचार
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा महानगरपालिका–२९, भण्डारढिक, कास्कीमा अवस्थित एक प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हो। उच्च शिक्षालाई सर्वसुलभ, गुणस्तरीय तथा जीवनोपयोगी बनाउने उद्देश्यका साथ स्थापना भएको यस क्याम्पसले स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा विद्यार्थीमैत्री वातावरणलाई आफ्नो मूल विशेषताका रूपमा आत्मसात गर्दै आएको छ। पोखरा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको यस क्याम्पस आज व्यवस्थापन शिक्षाको क्षेत्रमा विश्वासिलो गन्तव्यका रूपमा स्थापित भएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनप्रकाश बहुमुखी क्याम्पसले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको बी.बी.एस.कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। वर्तमान प्रतिस्पर्धात्मक युगमा आवश्यक पर्ने ज्ञान, सीप, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षताको विकास गर्ने उद्देश्यले क्याम्पसले आधुनिक तथा विद्यार्थीकेन्द्रित शिक्षण–सिकाइ पद्धतिलाई प्राथमिकता दिएको छ। योग्य, अनुभवी तथा विषयगत दक्षता भएका प्राध्यापकहरूद्वारा नियमित अध्यापन गरिने भएकाले विद्यार्थीहरूले उच्चस्तरीय शैक्षिक मार्गदर्शन प्राप्त गर्ने अवसर पाउँछन्।
क्याम्पसमा पर्याप्त भौतिक पूर्वाधार, सुविधासम्पन्न कक्षाकोठा, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, सभाहल तथा अध्ययन–अनुसन्धानका लागि आवश्यक शैक्षिक वातावरण उपलब्ध छ।

सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगमार्फत शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउने प्रयास क्याम्पसले निरन्तर गरिरहेको छ। विद्यार्थीहरूको शैक्षिक प्रगति, उपस्थितिको व्यवस्थापन तथा प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक शैक्षिक व्यवस्थापन प्रणालीसमेत सञ्चालनमा रहेको छ।

जनप्रकाश बहुमुखी क्याम्पस केवल पठनपाठनमा मात्र सीमित छैन। विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिहरू सञ्चालन गरिन्छन्।

नेतृत्व विकास, व्यक्तित्व विकास, अनुसन्धान अभिमुखीकरण, सामाजिक सेवा, वातावरण संरक्षण, वित्तीय साक्षरता, उद्यमशीलता विकास तथा अन्य विविध कार्यक्रमहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिन्छ। यसले विद्यार्थीहरूलाई सक्षम, जिम्मेवार तथा समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्न सहयोग पु¥याउँछ।

अनुसन्धान तथा नवप्रवर्तनलाई विशेष प्राथमिकता दिँदै क्याम्पसले अनुसन्धान व्यवस्थापन कक्ष मार्फत विभिन्न अनुसन्धानमूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। शिक्षक तथा विद्यार्थीहरूलाई अनुसन्धानमा सहभागी हुन प्रोत्साहन गर्नुका साथै शैक्षिक जर्नल प्रकाशन, तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिन्छन्। यसले क्याम्पसको शैक्षिक तथा अनुसन्धानात्मक वातावरणलाई थप सुदृढ बनाएको छ।

विद्यार्थीहरूको आर्थिक अवस्था तथा शैक्षिक उपलब्धिलाई मध्यनजर गर्दै विभिन्न छात्रवृत्ति तथा शुल्क सहुलियतका कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। जेहेन्दार, आर्थिक रूपमा विपन्न तथा विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई प्राथमिकताका साथ सहयोग उपलब्ध गराइँदै आएको छ। यसले शिक्षामा समान पहुँच तथा अवसर सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ।

बी.बी.एस. प्रथम वर्षमा भर्ना खुला शैक्षिक सत्र २०८३/०८४ का लागि जनप्रकाश बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तह बी.बी.एस. प्रथम वर्षमा भर्ना खुला गरिएको जानकारी सम्पूर्ण विद्यार्थी तथा अभिभावक महानुभावहरूमा गराइन्छ।

विद्यार्थीहरूको आवश्यकता तथा भविष्यको शैक्षिक लक्ष्यलाई ध्यानमा राखी क्याम्पसले नेपाली तथा अङ्ग्रेजी माध्यम दुवैमा अध्ययनको सुविधा उपलब्ध गराएको छ। साथै, विद्यार्थीहरूलाई सहज र व्यवस्थित रूपमा अध्ययन गर्ने अवसर प्रदान गर्न बिहानी सत्रमा कक्षा सञ्चालन गरिने व्यवस्था गरिएको छ। यसले रोजगारी, व्यवसाय वा अन्य कार्यमा संलग्न विद्यार्थीहरूलाई समेत उच्च शिक्षा हासिल गर्न सहज बनाउनेछ।

+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरी व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रिया पूरा गरी आफ्नो उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन हार्दिक अनुरोध गरिन्छ। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, अनुभवी शिक्षक तथा विद्यार्थीमैत्री व्यवस्थापनका कारण जनप्रकाश बहुमुखी क्याम्पस उच्च शिक्षाका लागि उत्कृष्ट छनोट बन्न सफल भएको छ।

आजको आवश्यकता गुणस्तरीय शिक्षा हो, र गुणस्तरीय शिक्षाको विश्वासिलो गन्तव्य हो— जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९, भण्डारढिक।

Previous Post

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण
समाचार

लेखनाथ खानेपानीको खानेपानी सुरक्षा सम्बन्धी अभिमुखीकरण

अद्वितीय सम्भावना बोकेको रूपालाई रचनात्मक सुझाव : याम रोका
विचार/ब्लग

अद्वितीय सम्भावना बोकेको रूपालाई रचनात्मक सुझाव : याम रोका

महिला तथा बालबालिका हिंसाविरुद्ध सचेतना कार्यक्रम
समाचार

महिला हिंसा तथा कानुनी सचेतना प्रशिक्षण

बेगनासताल भजन समूहको ‘लेखनाथको महिमा’ सार्वजनिक
गीत संगीत

बेगनासताल भजन समूहको ‘लेखनाथको महिमा’ सार्वजनिक

लेखनाथ जन्मस्थल संरक्षण समितिको अधिवेशन, अध्यक्षमा गोपी
समाचार

लेखनाथ जन्मस्थल संरक्षण समितिको अधिवेशन, अध्यक्षमा गोपी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?