• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण

Ramsharan Nepali by Ramsharan Nepali
April 23, 2026
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ०९ बैशाख । लेखनाथ उद्योग वाणिज्य संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । लेखनाथ क्षेत्रमा दिगो पर्यटन सम्बन्धी नवप्रर्वतनशिल व्यवसायहरुको वृद्धि उन्मुखका लागि सञ्चालन हुन गईरहेको ३ महिने व्यवसाय सम्र्वद्धन कार्यक्रमको विषयमा जानकारी दिने उद्धेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ‘द ईन्कुबेटर एकेडेमी’ का सञ्चालक निरज खनाल र दिप्ती खकुरेलले बिजनेश ईन्कुबेशन र आगामी कार्यक्रमको बारेमा सहजकिरण गरेका थिए ।

कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले व्यवसायीक योजना र काम गर्ने ईच्छाशक्ति हुँदाहुँदै पनि उपयुक्त व्यवसायीक वातावरण र लगानी नभएर व्यवसायी बन्न नसक्नेहरुका लागी यो कार्यक्रम सुर्वण अवसर भएको वताउँदै आफ्नो व्यवसायीक योजना पेश गर्न आव्ह्वान गरेकी थिईन ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा औधोगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोग र ‘द ईन्कुबेटर एकेडेमी’को सहकार्यमा नवप्रर्वतनशिल व्यवसायहरुको प्रर्वद्धनका लागी सञ्चालन हुने परियोजना करिब तिन महिनासम्म सञ्चालन हुनेछ ।

परियोजना अन्र्तगत पहिलो चरणमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ भने दोश्रो चरणमा आवेदन आव्ह्वान, तेश्रो चरणमा शीर्ष १० व्यवसायीहरुको छनोट गरि ३ दिने बुट क्याम्प सञ्चालन गरिनेछ भने चौंथो तथा अन्तिम चरणमा ईन्क्युबेशन तथा मेन्टरशिप सहयोग प्रदान गरिनेछ ।

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरुले सुचना प्रविधि, कृषि उत्पादन, ट्राभल, पर्यटन, सुनचाँदी, हस्तकला, फर्निचर, निर्माण लगायतका क्षेत्रबाट लेखनाथ क्षेत्रको दिगो पर्यटनमा टेवा पुग्ने खालको व्यवसायीक योजना सहित आवेदन दिनुपर्नेछ ।  आवेदन यहि बैशाख १३ गतेसम्म लेखनाथ उद्योग वाणिज्य संघको कार्यालय वा संघको वेबसाईटमा गएर अनलाईनमार्फत आवेदन दिन सक्नेछन ।

वृद्धि खोजिरहेका तथा नवप्रर्वतनमा आधारित भएका व्यवसायहरुका लागि सार्वजनिक आव्ह्वान गरि नवप्रर्वतन, दिगोपन, विस्तार सम्भावना तथा बजार क्षमताका आधारमा १० व्यवसायलाई छनोट गरिनेछ ।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

Previous Post

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह

Next Post

शिशुवा–खुदीखोला सडक उद्घाटन 

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

शिशुवा–खुदीखोला सडक उद्घाटन 
समाचार

शिशुवा–खुदीखोला सडक उद्घाटन 

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह
समाचार

लेखनाथमा सामूहिक पितृकार्य कार्यक्रम सञ्चालन हुँदै, सहभागी हुन आग्रह

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा
समाचार

अर्घौ ज्वेलर्सको शाखा पोखराको चिप्लेढुंगामा

ईलेक्ट्रो मेकानिकलको शुभकामना आदान प्रदान
समाचार

ईलेक्ट्रो मेकानिकलको शुभकामना आदान प्रदान

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस
समाचार

लेखनाथ नगरपालिका पुर्नस्थापनाको बहस

Next Post
शिशुवा–खुदीखोला सडक उद्घाटन 

शिशुवा–खुदीखोला सडक उद्घाटन 

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?