लेखनाथ, ४ चैत्र
नेपाल बीमा प्राधिकरणले “ग्लोबल मनी वीक”को अवसर पारेर विद्यार्थी लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पोखरा २९ भण्डारढिकमा रहेको जनप्रकाश माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत करिव १०० जना विद्यार्थीहरूलाई पैसाको बचत र महत्वबारे अन्तरक्रिया मार्फत जानकारी गराइएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, नेपाल राष्ट्र बैंक पोखराकी उपनिर्देशक रागिनी सिन्हा, निप्स कास्कीका निवर्तमान अध्यक्ष बद्रीनाथ पौडेल, नबिल बैंक लेखनाथ शाखा प्रमुख महेन्द्र महत लगायतले बीमा र पैसाको सदुपयोग बारे विद्यार्थीहरूलाई जानकारी गराएका हुन् । बीमा प्राधिकरण गण्डकी प्रदेश पोखराका प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले गरेका थिए।






Discussion about this post