• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

ग्लोबल मनी विकको अवसरमा एनआईसी एशियाको वित्तिय साक्षरता

Ramsharan Nepali by Ramsharan Nepali
March 21, 2026
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ चैत्र । एन आई सि एशिया बैंक लेखनाथ शाखाले तनहुँको बेलचौतारास्थित नेपाल प्रहरीको विशेष सुरक्षा गणमा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा आयोजित कार्यक्रममा ५० भन्दा बढी प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्मार्ट मनी व्यवस्थापन, बचतको महत्व तथा डिजिटल बैंकिङको सुरक्षित प्रयोग सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा शाखा प्रबन्धक सन्तोष अर्यालले कार्यक्रमको उद्देश्य तथा वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्नुका साथै बैंकका विभिन्न बैंकिङ सेवाहरू तथा उत्पादनहरूको बारेमा समेत जानकारी गराएका थिए।

कार्यक्रममा प्रहरी निरीक्षक जनकराज बञ्जाराले बैंकिङ सेवाको आवश्यकता र महत्वबारे मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए ।

देशको सुरक्षामा निरन्तर खटिने नेपाल प्रहरीसँग आर्थिक सुरक्षासम्बन्धी सन्देश आदान–प्रदान गर्न पाउँदा बैंकले गौरव महसुस गरेको जनाएको छ।

युवामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको विश्व वित्तीय सप्ताह (ग्लोवल मनी विक) नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो ।

सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ ।

नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।

Previous Post

“ग्लाेबल मनि वीक” मा बीमा प्राधिकरणको अन्तरक्रिया

Next Post

रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा लेडी जेसीज सप्ताहः सिप, सेवा र सचेतना अभियान
समाचार

पोखरा लेडी जेसीज सप्ताहः सिप, सेवा र सचेतना अभियान

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने
समाचार

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने

महासंघको केन्द्रिय सदस्यमा आत्रेयको उम्मेद्वारी
समाचार

महासंघको निर्वाचनमा कास्कीबाट कोईराला, भट्टराई र आत्रेयको उमेदवारी

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता
समाचार

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस
समाचार

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस

Next Post
रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग

रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?