पोखरा । एक विशेष रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन गरिएको छ। विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम सामाजिक उत्तरदायित्व र मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि दिलिप बिक्रम शाहिले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा विशेष अतिथिहरू धन बहादुर नेपाली र अन्जु के.सि, जिल्ला अध्यक्ष बैन बहादुर क्षेत्री, पूर्व संघीय सांसद दामोदर पौडेल बैरागी, रेडक्रस जिल्ला उपसभापति रमा कोइराला लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी जिल्ला तहका प्रतिनिधिहरू उज्वल खत्री, कल्पना भुवाजी, हरि सुनार, वडा अध्यक्ष विष्णु प्रसाद बराल, सदस्य गोबिन्द पराजुली तथा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा. डा. सरोज कोइरालाको समेत सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता लक्ष्मण बरालले गरेका थिए भने सञ्चालन सचिव वसन्त गौतमले गरेका थिए।
कार्यक्रममा दिलिप बिक्रम शाहि र लक्ष्मण बरालले मन्तव्य राखेका थिए। यसै अवसरमा पोखरा–५ निवासी क्षयरोग पीडित मनोज सि.के.को निधन पश्चात् आर्थिक अवस्था कमजोर भएकाले दाहसंस्कारका लागि पार्टी कमिटीको पहलमा १३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो।
उनका दुई नाबालक सन्तान (छोरा र छोरी) रहेका छन्। कार्यक्रमले सामाजिक सेवासँगै मानवीय संवेदनालाई समेत उजागर गरेको आयोजकले जनाएको छ।






Discussion about this post