• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा २६ द्वारा कृष्णलाई साहसी युवा प्रोत्साहन सम्मान

पचास हजार राशी, दोसल्ला र सम्मान पत्र सहित साहसी युवा प्रोत्साहन सम्मान प्रदान

Lekhnath Khabar by Lekhnath Khabar
July 4, 2026
in समाचार
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ/असार २०
पोखरा महानगरपालिका वडा नं. २६ ले अपाङगको अधिकारका क्षेत्रमा आवाज उठाएका कृष्ण थापालाई साहसी युवा प्रोत्साहन सम्मान प्रदान गरेको छ ।
वडा नं. २६ निवासी थापालाई शनिवार वडाको योजना अनुगमन पछि आयोजित समिक्षा कार्यक्रममा पचास हजार राशी, दोसल्ला र सम्मान पत्र सहित साहसी युवा प्रोत्साहन सम्मान प्रदान गरीएको हो ।
पोखरा २६ निवासी सगरमाथा आरोही एवं वडा रत्न स्व. विनोद वावु बस्ताकोटीको स्मरणमा स्थापित साहसी युवा प्रोत्साहन थापालाई प्रदान गरिएको हो ।
थापालाई सम्मान गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले अपाङग् भएपनि अधिकारको क्षेत्रमा सुझबुझ र अब्बल रहेको बताउँदै उनलाई सम्मान गर्न पाउँदा गौरब महसुस भएको उल्लेख गर्नु भयो ।
पत्रिका बिक्री गरेर जिविकोपार्जन गदै, आएका थापाले सार्वजनिक सवारी साधन प्रयोग गर्दा पाएको सास्तीलाई मुद्दा बनाएर अपाङग भएका व्यक्तिको अधिकारका लागि आवाज उठाउनु भएको थियो ।
योजनाको नागरिक अनुगमन तथा समिक्षा कार्यक्रममा बोल्दै वडा नं. २६ अध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकालमा झण्डै एक अर्व रुपैयाका योजना कार्यन्वयन भएको बताउनु भयो ।
अध्यक्ष थापाले आफुले जनचाहना अनुरुप काम गरेको उल्लेख गर्दै, यदी जनताले थप जिम्मेवारी दिए आफुले इमान्दारिताका साथ बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आफ्नो कार्यकालमा भएका राम्रा र नराम्रा कामको जस आफुले लिने उल्लेख गर्दै, वडा नं. २६ का जनताको शिर झुक्ने गरी कुनै पनि गलत काम नगरेको बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल, सुनार, तिर्थ बहादुर राजभाट, सुदिपराज ढुंगानाले योजना अनुगमनपछि कामको मुल्यांकन गरिदिन आग्रह गर्नु भएको थियो ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले चार बर्षको समयमा वडाले भौतिक विकासको क्षेत्रमा उल्लेखनिय उपलब्धी हासिल गरेको बताउनु भयो ।
सुचना अधिकारी नवराज सापकोटाले चालु आ.ब. को असार २० गतेसम्मको योजना तथा कार्यक्रमको प्रगती बिवरण पेश गर्नु भएको थियो । कार्यक्रम वडा सचिव लिलामिण भण्डारीले संचालन गर्नु भएको थियो ।
पोखरा २६ का विभिन्न संघसंस्थाका प्रतिनिधि सहित करिव दुई सय जनाको समूहले वडामा भएका विकास निर्माणका कामहरुको अनुगमन गरेका थिए । वडा नं. २६ मा चालु आ.ब. मा झण्डै बिस करोडका योजनाहरु कार्यन्वयन भएका छन् ।
Previous Post

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता
समाचार

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

लेउवा संघमा महिला जनप्रतिनिधि तथा उद्यमीका लागि नेतृत्व सीप विकास तालिम
समाचार

लेउवा संघमा महिला जनप्रतिनिधि तथा उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

निर्वाचनको मतभेलाई विर्सेर अगाडि वढ्न अध्यक्ष शर्माको आग्रह
समाचार

निर्वाचनको मतभेलाई विर्सेर अगाडि वढ्न अध्यक्ष शर्माको आग्रह

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी
समाचार

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव
समाचार

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?