• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

निर्वाचनको मतभेलाई विर्सेर अगाडि वढ्न अध्यक्ष शर्माको आग्रह

मुहान विस्तारमा स्थानियको अवरोध, थाकमा एक अर्ब ३७ करोडको योजना

Ramsharan Nepali by Ramsharan Nepali
June 28, 2026
in समाचार, स्थानीय
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली १४ असार । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको भर्खरै सम्पन्न चुनावपछि नवनिर्वाचित अध्यक्ष मुरारी शर्माले छैटौं अधिवेशनमा चुनावी विवादहरुलाई बिर्सेर संस्थाको हितका लागी सबै एकजुट भएर लाग्नुपर्ने वताएका छन । अध्यक्ष शर्माले शुक्रबार क्षेत्र नम्बर ५ र ६ का क्षेत्रीय सदस्यहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा यस्तो बताएका हुन ।

शर्माले चुनावको क्रममा पदाधिकारीहरूबीच नै मतभेद भएको र आफू पनि त्यसमा परेको स्वीकार गरे । “उहाँहरू दुईटा मिल्न सक्नुभएन, त्यसको असर मलाई पनि प¥यो,“ उनले भने, “तर भइसकेको कुरामा अब केही फाइदा छैन, सबै मिलेर खानेपानी कसरी राम्रो बनाउने भन्नेतिर लाग्नु जरुरी छ ।“

उनले क्षेत्रीय सदस्यहरूलाई पार्टीको प्रतिनिधिको रूपमा आए पनि संस्थाभित्र पार्टीको काम नगरी खानेपानीकै लागि मात्र काम गर्न आग्रह गरे । शर्माले भने, “कुरा गर्न सजिलो छ, काममा ल्याउँदा गाह्रो छ तर यसबाहेक विकल्प छैन ।“ साथै संस्थाका सौर्य ऊर्जा प्रणाली ब्याकअप सपोर्टको अभावमा निष्क्रिय रहेको, स्याङ्खुदीको बोरिङबाट पाँच लिटर मात्र पानी आउने गरेको त्यसलाई पनि अब छिटै समाधान गरिने वताए ।

मुहान विस्तारमा स्थानीयको अवरोध

लेखनाथ खानेपानीको मुहान गिउँजे खोलामा मध्यपहाडी लोकमार्ग विस्तारका कारण पानि धमिलो हुने गरेको र यसको समाधानको लागि हालको मुहानभन्दा साढे तीन किलोमिटर माथिबाट पानि ल्याउने प्रयासमा उक्त क्षेत्रका स्थानियहरुले अवरोध गरेका छन ।

मुहानबाट पानी ल्याउने योजना बनाएको थियो र पाइप खरिद समेत भइसकेको थियो । लोकमार्ग छलेर पानी ल्याउन सकियो भने धमिलोपन हट्ने संस्थाको अनुमान थियो । तर माथिल्लो क्षेत्रका बासिन्दाले अवरोध गरे, काम अगाडी वढ्न सकेको छैन, माथिबाट पानी आउनै दिन्नौँ भन्छन“ शर्माले भने ।

वडा नम्बर सातबाट वैकल्पिक बाटो खोज्ने प्रयास पनि भौगोलिक कठिनाइका कारण सम्भव नभएको उनले बताए । यस विषयमा महानगरका प्रमुख धनराज आचार्यसँग समेत छलफल भएको र असोजपछि पुनः प्रक्रिया अगाडि बढाउने तयारी रहेको उनले जानकारी दिए ।

थाकबाट एक अर्ब ३७ करोडको योजना

दीर्घकालीन समाधानको रूपमा संस्थाले थाक खानेपानी आयोजनाअन्तर्गत कालिका, माझठाना र हंसपुरसम्म पानी पु¥याउने योजना अघि सारेको छ । पहिले थाकबाट प्रतिमिनेट जम्मा दस लिटर मात्र पानी ल्याइन्थ्यो, तर भर्खरैको सर्वेक्षणले एक सय पैँतीस लिटर प्रतिसेकेन्ड पानी उपलब्ध हुने देखाएको छ । यो आयोजनाका लागि एक अर्ब ३७ करोड ४ लाख ७६ हजार रुपैयाँ लाग्ने अनुमान छ ।

हाल सहलगानी मोडेलमा संस्थाले १५ प्रतिशत मात्र लगानी गर्नुपर्ने व्यवस्था भएकाले आयोजना व्यवहारिक देखिएको शर्माले बताए । “जसरी सडक बनाउँदा उपभोक्ताले पैसा हाल्नु पर्दैन, त्यस्तै खानेपानी आयोजनामा पनि लगानी सरकारले गरिदिए हामी मर्मत र सञ्चालनको जिम्मा लिन तयार छौँ,“ उनले थपे ।

हाल बिजुलीको महशुल मात्रै मासिक ६० देखि ६५ लाख रुपैयाँ उठिरहेकोमा नयाँ पानीको स्रोत थपिएको खण्डमा बिजुली महसुलमा समेत उल्लेख्य बचत हुने संस्थाको अनुमान छ ।

कार्यक्रममा प्रत्येक क्षेत्रीय समितिलाई कार्यक्रम सञ्चालनका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने र सामाजिक उत्तरदायित्व कोषबाट आमा समूह, टोल विकास तथा क्रियापुत्री भवनजस्ता सामुदायिक संस्थाहरूलाई धारा जडानमा सहयोग गर्ने निर्णयहरू पनि सार्वजनिक गरेका थिए ।

फन्डको कमी हुन दिने छैनौँ, तर कम खर्चमा बढी नतिजा : कोषाध्यक्ष डम्बर बहादुर थापा

कार्यक्रममा संस्थाका कोषाध्यक्ष डम्बर बहादुर थापाले खानेपानी सेवालाई पाँचौँ धामसँग तुलना गर्दै क्षेत्रगत समितिहरूलाई मजबूत बनाउनु संस्थाको प्राथमिकता रहेको बताएका छन् । थापाले भने, “बद्रिनाथ, मुक्तिनाथ सबै धाम जानु पर्दैन, खानेपानीमा सेवा गर्यौँ भने यही सबैभन्दा ठुलो धाम हो, परमधाम यहीँबाट प्राप्त हुन्छ ।“

बीस वर्षदेखि संस्थामा आबद्ध थापाले प्रत्येक क्षेत्रीय सदस्यले आफ्नो क्षेत्रका समस्या, टङ्की निर्माण र पाइपलाइन विस्तारको आवश्यकता पहिचान गरेर काम गर्नुपर्ने उनले बताए । क्षेत्रीय सदस्यहरूलाई आश्वस्त पार्दै उनले भने, “बैठक, समन्वय र कार्यक्रमका लागि फन्डको कमी हुन दिने छैनौँ, तर कम खर्चमा बढी उत्पादन लिने लक्ष्यमा सबैले सचेत भएर काम गर्नुपर्छ ।“

लेखनाथ खानेपानीको चार वर्षे नारा, क्षेत्रीय निगरानीमा जोड : उपाध्यक्ष भरतराज न्यौपाने

संस्थाका उपाध्यक्ष भरत न्यौपानेले ’सुरक्षित पानी, नियमित पानी र सस्तो पानी’ लाई आगामी चार वर्षको मार्गदर्शक नारा घोषणा गर्दै क्षेत्रीय सदस्यहरूको सक्रिय निगरानी नै संस्थाको सफलताको मूल आधार रहने बताएका छन् ।

न्यौपानेले सडक निर्माणका क्रममा पाईपलाईनमा हुने क्षतितर्फ विशेष ध्यानाकर्षण गराए । “पाइप भूमिगत भएकाले ठेकेदारलाई थाहा नहुँदा मेशिनले खनेर क्षति गर्छ, एक–डेढ घण्टामा पाइप खाली हुन्छ र भरिन पूरै एक दिन लाग्छ,“ उनले भने । यस्तो क्षति रोक्न क्षेत्रीय सदस्यहरूले आफ्नो वडामा कहाँ सडक योजना छ भनी पहिल्यै जानकारी लिएर सम्बन्धित टिम र ठेकेदारसँग समन्वय गर्न उनले आग्रह गरे ।

न्यौपानेले क्षेत्रीय समितिहरूलाई थप सशक्त बनाउने संस्थाको योजना सार्वजनिक गर्दै भने, “कार्यालय खोलेर बस्नुहोस्, त्यहीँ बैठक बस्नुहोस्, त्यहीँ समस्या छलफल गर्नुहोस् र समाधान नभएको विषय मात्र केन्द्रीय कार्यालयमा पठाउनुहोस् ।“ तत्काल समाधान चाहिने समस्यामा कार्यालय प्रमुख वा प्राविधिकलाई सिधै फोन गर्न पनि उनले आग्रह गरे ।

क्षेत्रगत समितिलाई मजबुत बनाउँछौं : सचिव सुर्यनाथ भण्डारी

सहभागिहरुलाई स्वागत गर्दै संस्थाका सचिव सुर्यनाथ भण्डारीले क्षेत्रगत समितिलाई मजबुत बनाउने र स्वतन्त्र रुपमा काम गर्नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले उपभोक्तालाई सर्वसुलभ रुपमा स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु नै आफुहरुको मुख्य ध्येय रहेको भन्दै सोही अनुसार सम्पुर्ण क्षेत्रीय समितिहरु क्रियाशिल हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा संस्थाका क्षेत्र नम्बर ५ का संयोजक बुद्धिनाथ बाँस्तोलाले तालचोक–बेगनास सडक निर्माणका कारण पाइपलाइन गम्भीर जोखिममा परेको बताउँदै यसको शीघ्र व्यवस्थापन गर्न माग गरेका छन् ।

बाँस्तोलाले भने, “सिसुवादेखि खुदीमुहानसम्मको सडक करिब सम्पन्न हुँदैछ, तर हाम्रो पाइप माथि नै छ, व्यवस्थापन भएको छैन ।“ पाइप सडकमाथि देखिएकाले केही व्यक्तिले प्रश्न उठाइरहेको र फुटपाथमा हिँड्नेलाई असुविधा हुने गुनासो आएको पनि उनले जानकारी दिए ।

पाइप व्यवस्थापनको जिम्मेवारीबारे ठेकेदार र संस्थाबीच अन्योल कायम रहेको उनले बताए । “ठेकेदारले पैसा दिनुहोस् हामी गर्छौँ भन्छ, संस्थाले आफ्नै गराउनुपर्ने हो कि भन्ने अवस्था छ,“ उनले भने ।

यस्तै क्षेत्र नम्बर ६ का संयोजक गविन्द्र अधिकारीले उपभोक्ता र खानेपानीबीचको दूरी हटाउनु नै क्षेत्रीय समितिको मूल उद्देश्य रहेको बताएका छन् । अधिकारीले भने, “उपभोक्ता र खानेपानीबीचको दूरीलाई हटाउनको लागि नै क्षेत्रीय समिति गठन भएको हो, यही नै हाम्रो क्षेत्रीय संयोजकको मुख्य भूमिका हो ।“

क्षेत्रीय संयोजकले सदस्यहरूबीच कामको स्पष्ट बाँडफाँड गर्ने, आमा समूह र टोल विकास संस्थाहरूसँग नियमित समन्वय गर्ने र यसै माध्यमबाट शुद्ध, सफा र चौबीसै घण्टा पानी उपलब्ध गराउने लक्ष्य राखिएको वताएका थिए ।

कार्यक्रममा संस्थाका हालसम्मका गतिविधिहरु, संस्थागत संरचना, खानेपानी प्रणाली, हालसम्मका उपलब्धीहरु, आगामी योजनाहरु, भौतिक संरचना एवं पुर्वाधारहरु, प्रशासनिक एवं विक्तिय अवस्थाको विषयमा कार्यालय प्रमुख शिव प्रसाद अमात्य र सहायक कार्यालय प्रमुख विश्वराम भण्डारीले प्रस्तुती राखेका थिए ।

Previous Post

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी
समाचार

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव
समाचार

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन
खेलकुद

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग
समाचार

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न
समाचार

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?