• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव

हिलोमा दौड र रस्साकस्सीसहित आठ प्रतियोगिता हुने

Ramsharan Nepali by Ramsharan Nepali
June 25, 2026
in समाचार, स्थानीय
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १० असार । पोखरा पर्यटन परिषदले यस वर्ष असारे रोपाईँ महोत्सवको २१औँ संस्करण असार १४ गते पोखरा–३० लेखनाथस्थित शिसुवा देउराली खोलामा आयोजना गर्ने भएको छ । आषाढ १५ मा पूर्णिमा परेकाले त्यस दिन कृषकहरूले परम्परानुसार हल नचलाउने भएकाले यसपटक कार्यक्रम एक दिन अगाडि सारिएको परिषदले जनाएको छ।

परिषदका महासचिव तथा कार्यक्रम संयोजक जिबनराज सापकोटाले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “पोखरा सबै मौसमका लागि भन्ने मूल नाराअन्तर्गत सुरु गरिएको यो महोत्सव अहिले पोखराको पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रम बनेको छ।“ उनले थपे, “बढ्दो शहरीकरणले परम्परागत धान खेती संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा हिलोमा एक पटक त टेक्नु पर्छ है भन्ने भावनालाई जीवन्त राख्नु नै यस महोत्सवको मूल उद्देश्य हो।“

नेपाल सरकारले आषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको सन्दर्भमा यस महोत्सवको महत्व झनै बढेको परिषदको भनाइ छ। कृषि प्रधान मुलुक नेपालमा धान मुख्य बाली भएकाले र तीव्र शहरीकरणका कारण धान खेतीको क्षेत्र घट्दै गइरहेकाले यस्ता कार्यक्रमले परम्परागत खेती प्रणाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने परिषदको अपेक्षा छ।

यस वर्षको महोत्सवमा आठ वटा प्रतियोगिता समावेश गरिएका छन् साउने प्रतियोगिता (हल गोरु दौड), असारे भाका सहित रोपाईँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला/पुरुषको छुट्टाछुट्टै हिलोमा दौड प्रतियोगिता, स्वदेशी पत्रकारका लागि खुल्ला हिलोमा दौड, रस्साकस्सी प्रतियोगिता र उत्कृष्ट कृषक सम्मान कार्यक्रम। विदेशी पर्यटकका लागि छुट्टै वर्गमा प्रतियोगिता राखिनु यस वर्षको विशेषता रहेको परिषदले बताएको छ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत राजु परियार, शिवहरी ढुङ्गाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसी लगायत नेपाली ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुती हुने परिषदले जनाएको छ।

कार्यक्रम सफल बनाउन सापकोटाको संयोजकत्वमा ४३ सदस्यीय मूल आयोजक समिति, १६ वटा उपसमिति र २६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। कार्यक्रमको सहकार्यकर्ताका रूपमा गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालय रहेका छन्।

यस महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनका साथै पोखरा भ्रमण वर्षलाई सफल बनाउन र लेखनाथ आसपासका प्राकृतिक तालहरू लगायत पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्न पनि सहयोग पुग्ने आयोजकको भनाइ छ। पोखरालाई “सबै मौसमको गन्तव्य“ का रूपमा स्थापित गर्ने परिषदको दीर्घकालीन लक्ष्यसँग यो महोत्सव प्रत्यक्ष रूपमा जोडिएको छ।

Previous Post

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

Next Post

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी
समाचार

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन
खेलकुद

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग
समाचार

पुर्व प्रहरी संगठन लेखनाथद्धारा लम्साललाई ह्वीलचेयर सहयोग

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न
समाचार

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित
समाचार

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

Next Post
लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?