• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

Ramsharan Nepali by Ramsharan Nepali
June 20, 2026
in समाचार, स्थानीय
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ६ असार । पोखरा महानगरपालिका–२७ स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २५औँ रजत जयन्ती, २१औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्ष पदमा मुरारी शर्मा निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा खसेको १२२ मतमध्ये मुरारी शर्माले ४० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी पुष्पकमल ढुङ्गानाले ३८ मत र नारायणी भट्टराई रक्षाले ३७ मत प्राप्त गरेकी छन् ।

निर्वाचनमा खसेका मतमध्ये ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशनअघि अन्तिम समयसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जानुपरेको थियो।

निर्वाचित अध्यक्ष शर्मा संस्थाका बहालवाला अध्यक्ष हुन् भने पुष्पकमल ढुङ्गाना बहालवाला उपाध्यक्ष र नारायणी भट्टराई रक्षा बहालवाला सचिव हुन्। अन्य पदहरू भने सर्वसम्मत रूपमा चयन गरिएको थियो।

खुला सदस्यमा डम्मरबहादुर थापा, मेघराज भण्डारी, भरत न्यौपाने, मुकुन्द घिमिरे, सूर्यनाथ भण्डारी र टिकाराम भुर्तेल चयन भएका छन्। महिला सदस्यमा विमला कुमारी थापा बस्नेत, पार्वती अधिकारी पौडेल र राधा सापकोटा निर्वाचित भएका छन्।

 

नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहने संस्थाले जनाएको छ। नयाँ नेतृत्वले संस्थाको सेवा विस्तार, खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यसै बिच निर्वाचीत समितिलाई शनिबार नै सफत गराईएकाे छ। उत्त अबसरमा पाेखरा महानगर पालिका वाड न २६ का वडाअ्यक्ष नरेन्द्र थापा, सस्थाका निबर्तमान अध्यक्ष बिष्णु बराल, राजनीति कर्मी बिष्णु पुन, बैकुण्ठ बराल, लेखनाथ उधाेग बाणिज्य सघका अध्यक्ष जानुका पराजुली, निर्वाचन संयाेजक नबराज सापकोटा लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

यसैबिच नबनिर्बाचित अध्यक्ष शर्माले उपाध्यक्षमा भरतराज न्पाैपाने, सचिवमा सुर्यनाथ भण्डारी, काेषाध्यक्षमा डम्बरबहादुर थापा र सह सचिवमा टिकाराम भुर्तेललाई चयन गर्नु भएकाे छ।

Previous Post

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए
समाचार

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने
समाचार

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

शैक्षिक उन्नयनका लागि त्रिवेणी इन्टरनेशनलमा अन्तर्क्रिया सम्पन्न
समाचार

शैक्षिक उन्नयनका लागि त्रिवेणी इन्टरनेशनलमा अन्तर्क्रिया सम्पन्न

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला
समाचार

सांसद उत्तम पौडेलले अवलोकन गरे लेखनाथ रङशाला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?