लेखनाथ,२१ जेठ । संसाद उत्तम पौडेलले कास्कीको पोखरा महानगरपालिका वडा नं २९ को भण्डारीकमा रहेको प्रस्तावित लेखनाथ रङ्गशालाको अवलोक नगरेका छन्।
कास्की जिल्ला क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पौडेलले आदर्श युवा क्लबको संरक्षकत्वमा रहेको खेलमैदानको निरीक्षण गरि रंगशाला परिसर भित्र अलपत्र अवस्थामा रहेको निर्माणाधिन बहुउद्देश्यीय कभर्डहल निर्माण सम्पन्न र रंगशालाको आवश्यक स्तरउन्नतीको लागी संघिय सरकारसंग पहल गर्ने प्रतिद्धता जनाएका थिए ।
साथै पौडेलले कास्की जिल्ला एउटै जस्तो लागेर यहाँ आएको बताउदै निर्माण भएको संरचनामा राज्यको पैसा गएकाले यसको सहि सदुपयोग गर्नका लागि रंगशालको स्तरउन्नती आवस्यक देखिएको र यस वरपरको जग्गा संरक्षणका लागि पनि यो रंगशालालाई क्षेत्रिय स्तरको रंगशालको रुपमा विकास गराउनु पर्ने तर्क राखेका थिए ।
सोही अवसरमा सांसद पौडेलले क्लवको ३८ वर्षिय ईतिहास र यहाँका जनताले खेलमैदानको जग्गा संरक्षण र समय समयमा आयोजना गरिने राष्ट्रिय स्तरका खेलले यो क्षेत्रको विकासमा सहयोग पुगेको बताउदै रंगशाल बनाउनका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा क्लवका अध्यक्ष पदम गुरुङले खेलमैदानको संरक्षणका लागि स्थानियहरुले गरेको योगदान र २०४४ साल देखी संचालन गरिदै अएका फुटवल प्रतियोगीतालाई निरन्तरता दिनका लागि पनि केन्द्रिय सरकारको साथ,सहयोग र संद्भाव रहिरहनु पर्ने सुझाव राख्दै क्लवका गतिविधि र हाल सम्म खेलमैदान निर्माणको प्रगति विवरण र क्लवका भावी योजनाका बारे जानकारी गराईएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिवका वडा नं –२९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ ,क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङ , लेखनाथ नगरपालिका सस्थापक मेयर शालिकग्राम पौडेल र क्लवका सचिव शन्तोष गुरुङले भण्डारढीक रंगशालालाई क्षेत्रिय स्तरको रंगशालाको रुपमा विकास गराउनु पर्ने सुझाव राखेका थिए ।






Discussion about this post