लेखनाथ, ११ साउन ।
सक्नेरी जेष्ठ नागरिक सेवा केन्द्र पोखरा २६ को प्रथम बार्षिक साधारण सभा तथा अधिवेशनले जगन्नाथ तिमिल्सिनालाई अध्यक्षमा चयन गरेको छ ।
जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र संचालन गर्दै संस्थामा आवद्ध १ सय २५ जनाका लागि दिवा खाजा सहित विभिन्न किसिमका धार्मीक तथा सेवा मुलक काम गर्दै आएको संस्थाको अधिवेशनले आगामी तिन वर्षका लागि पुन: तिमिल्सिनालाई अध्यक्षमा चयन गरेको हो ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा राममणि बराल, सचिवमा पुष्पराज अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद सिग्देल र सह सचिवमा माया बराल रहेकी छन भने समितिको सदस्यमा परशुराम अधिकारी, पितृप्रसाद अधिकारी, पबित्रा ढुङ्गाना गौतम, सारदा बराल, भगवती बराल र ईन्द्र बहादुर राजभाट रहेका छन् ।
साथै सोही भेलाले सल्लाहकारमा शालिकग्राम पौडेल, खेमप्रसाद भण्डारी र सरस्वती बराललाई चयन गरेको हो ।






Discussion about this post