लेखनाथ उद्योग वाणिज्य संघ सहयोगमा अर्चलेमा निर्माण गरिएको टिकटघरको शुक्रबार उद्घाटन समारोहलाई मन्त्री नेपाली सो कुरा बताएका हुन् । उनले टुक्रे विकासभन्दा पनि एकीकृत योजनाले मात्र लेखनाथको जन्मस्थललाई उचित रूपमा संरक्षण र विकास गर्न सकिने बताए । उनले पर्यटकले टिकट खरिद गरी भित्र प्रवेश गरेपछि खुसी भएर फर्कने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

उनले कविशिरोमणि जन्मस्थलसँग पुस्तकालयलगायत थप संरचना निर्माण गरी सम्झना जीवन्त राख्न सकिने बताउँदै आफूलाई साहित्यप्रेमी व्यक्तित्वका रूपमा उल्लेख गरे ।
उनले वेगनास तालमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब १५ लाख विनियोजन गरिएको पर्यटक विश्रामस्थल निर्माणको जिकिर गर्दै सो रकम सही ठाउँमा खर्च भएको आफूलाई महसुस भएको बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष जानुका पराजुली अधिकारीले कविशिरोमणिको जन्मस्थल विकास गर्न सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटक भित्राउने अथाह सम्भावना रहेको बताइन् । उनले साहित्यिक पर्यटक आकर्षित गर्न पर्याप्त भौतिक पूर्वाधार अझै निर्माण हुन नसकेको बताइन् । ‘टिकटघर त एउटा उदाहरण मात्रै हो, यो ठाउँमा प्रत्यक्ष सरकारको नजर पुगेमा मात्र भोलि कविशिरोमणिको सम्मान हुनेछ,’ उनले भनिन् ।

पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकासका लागि प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने माग राखेका छन् । गुरुङले प्रदेश सरकारको बजेट निर्माणको क्रममा हरेक वर्ष लेखनाथको जन्मस्थल विकाससम्बन्धी योजना प्रस्तुत गर्ने गरेको बताए । यस क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गरी अघि बढ्ने तयारी रहेको जनाउँदै गोपी पौडेलको नेतृत्वमा पुनः संरचना प्राप्त गरेको जानकारी दिए । यस क्रममा देखिने कमीकमजोरी सच्याउँदै मन्त्रालयसँग आवश्यक सहयोगका लागि पुनः सम्पर्क गरिने बताए ।
लेखनाथ जन्मस्थल विकास समिति अध्यक्ष गोपिराज पौडेलले कविशिरोमणि लेखनाथ पौड्यालको जयन्ती (१५ पुस) लाई गण्डकी प्रदेशले सार्वजनिक बिदाको रूपमा घोषणा गर्नुपर्ने बताउँदै यस सम्बन्धमा छिट्टै निवेदनसहित प्रदेश सरकारसमक्ष पेस हुने बताए ।

उनले टिकटघर निर्माणअघि टिकट संकलन गर्ने कर्मचारीका लागि समेत बस्ने ठाउँ नरहेको अवस्था रहेको सम्झँदै त्यस्तो कठिन परिस्थितिमा लेखनाथ उद्योग वाणिज्य संघले गरेको कामप्रति विशेष धन्यवाद व्यक्त गरे ।
संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूमा उल्लेखित प्राकृतिक दृश्यसँग प्रत्यक्ष जोडेर ‘प्रयोगात्मक स्थल’को रूपमा विकास गर्नुपर्ने अवधारणा अघि सारे । उनले संघले २०५४ सालमा स्थापना भएदेखि नै जन्मस्थल विकासका लागि निरन्तर प्रयास गर्दै आएको स्मरण गरे । विशेषतः २०५६ सालबाट स्वर्गीय हरिहर सुवेदीको संलग्नतामा पहिलो पटक मास्टर प्लान बनाई जग्गा प्रयोगका लागि परिवारसँग वार्ता भए पनि सो प्रयास सफल हुन नसकेको उनले बताए ।
संघको करिब २ लाख ५० हजारको लागतमा निर्माण भएको उक्त टिकटघरको साँचो संघका अध्यक्ष पराजुलीले लेखनाथ जन्मस्थल विकास समिति अध्यक्ष गोपिराज पौडेललाई हस्तान्तरण गरेकी थिइन् ।
संघ अध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा, धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष तथा टिकटघर निर्माण समिति संयोजक ध्रुवबाबु भट्टराईले गरे ।






Discussion about this post