लेखनाथ, ५ असार । २०८२ सालको राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को व्यवस्थापन नियमित तर्फको परीक्षामा न्यू एरा एकेडेमी पोखरा–२६ बाट सम्मिलित विद्यार्थी योमिका पुनले ३.९६ जि पि ए प्राप्त गर्न सफल भएकी छन् ।
परिक्षा बोडले शुक्रवार प्रकाशन गरेको नतिजा अनुसार ब्यवस्थापन संकाय तर्फ पुनले प्राप्त गरेको ३.९६ अधिराज्यभरी कै नजितामा उत्कृष्ठ भएको विद्यालयले दावी गरेको छ ।
शिक्षा मन्त्रालयको निर्देशनमा राष्ट्रिय परिक्षा बोडले ४० दिनमा नै नतिजा प्रकाशन गर्न सफल भएको हो । वि स २०५२ सालमा पोखरा–२६ को अर्घौमा स्थापना भएको विद्यालयले वि स २०६६ साल देखि उच्च मावि तहको पढाई संचालन गर्दै आएको थियो भने यस बर्ष कक्षा १२ मा १७ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए । विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म करिव चार सय विद्यार्थीहरु अध्यनरत रहेको प्राचार्य बेदप्रसाद वस्ताकोटीले जानकारी दिएका छन् ।
यसैविच शुक्रवार नै शिक्षक तथा कर्मचारीहरुले योमिका पुन कै घरमै पुगी सम्मान तथा बधाई ज्ञापन गरेको छ । कक्षा १२ मा सफलता पूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयले बधाई तथा आगामी शैक्षिक, एवम् व्यावसायिक जीवन यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ । साथै मेहनत, लगनशीलता एवंम शिक्षक शिक्षिकाहरुको उचित मार्गदर्शनले प्राप्त गरेको सफलताले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताईएको छ ।






Discussion about this post