• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
June 21, 2026
in समाचार
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, असार ७।
रोटर्याक्ट क्लब अफ लेखनाथको आयोजना तथा रोटर्याक्ट क्लब अफ गण्डकी विश्वविद्यालयको सह-आयोजनामा “स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा” भन्ने मूल नाराका साथ विशेष साइकल यात्रा कार्यक्रम आईतबार सम्पन्न भएको छ।

पोखरा महानगरपालिका–३० शिशुवा चोकबाट सुरु भएको उक्त साइकल यात्रा सातमुहाने पुल सम्म पुगेर सम्पन्न भएको थियो।

रोटर्याक्ट क्लब अफ लेखनाथ वर्ष २०२५/२६ का अध्यक्ष रोटा. कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख डिल्लीराम पौडेल, डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ नोमिनी इलेक्ट गौरव सुवेदी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।

वक्ताहरूले नियमित साइकल चलाउने संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी सम्पूर्ण साइकलयात्रीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

कार्यक्रमको स्वागत मन्तव्य इमिडियट पास्ट प्रेसिडेन्ट रोटा. सर्वेन्द्र न्यौपानेले व्यक्त गर्नुभएको थियो। अध्यक्ष रोटा. कमल गौतमले धन्यवाद ज्ञापन गर्दै स्वस्थ समाज निर्माण तथा पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रमको स्वास्थ्य साझेदारको रूपमा शिशुवा हेल्थ क्लिनिक रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, स्वास्थ्य साझेदार, पत्रकार, समाजसेवी, स्वयंसेवक तथा सहभागीहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ।

Previous Post

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित
समाचार

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए
समाचार

न्यू एराकी योमिकाले ल्याईन कक्षा १२ मा ३.९६जिपीए

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने
समाचार

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुने

शैक्षिक उन्नयनका लागि त्रिवेणी इन्टरनेशनलमा अन्तर्क्रिया सम्पन्न
समाचार

शैक्षिक उन्नयनका लागि त्रिवेणी इन्टरनेशनलमा अन्तर्क्रिया सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?