• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवा संघमा महिला जनप्रतिनिधि तथा उद्यमीका लागि नेतृत्व सीप विकास तालिम

Ramsharan Nepali by Ramsharan Nepali
July 2, 2026
in समाचार, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter
लेखनाथ, १८ असार । लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकास विषयक तीन दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । असार १६ गतेदेखि ३ दिन सम्म सञ्चालन भएको उक्त तालिम विहिबार समापन गरिएको हो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरले आयोजना, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले नेतृत्व र उद्यमशीलता दुवै एकअर्कासँग जोडिएको भन्दै उद्यमी बन्न सक्नु नै ठूलो उपलब्धि हुने बताएका थिए । उनले प्रशिक्षणले सहभागीहरूको भावी जीवनमा सिकेका कुरा व्यवहारमा उतार्न प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गरेका थिए । सिकेका कुरा तत्काल प्रयोगमा ल्याउँदै जाने र त्यसबाट थप सिक्दै जाने प्रक्रियालाई नै “लर्निङ बाई डुइङ“ भनिने उल्लेख गर्दै उनले महानगरपालिका र संघले उपलब्ध गराएको समय र स्रोतको सदुपयोग सहभागीहरूको भावी व्यवहार परिवर्तनबाटै प्रमाणित हुने बताएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले सकारात्मक सोच र विचार लिएर अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरेकी थिईन । समस्या आइपरे संघमार्फत नै समाधान खोज्न सकिने बताउँदै उनले संघले नीतिगत तहमै पैरवी गरेर परिवर्तन ल्याएका उदाहरण पनि प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० की वडा सदस्य उमा परियारले सहभागिको तर्फबाट मन्तब्य ब्यक्त गर्दै तालिम उपयोगी र फलदायी भएको बताएकी थिईन । सञ्चारकर्मीहरु दिपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सीना पँगेनी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यष जानुका पराजुली, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका हेमाराज थापा लगायतले प्रशिक्षण दिएका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन संघकी उप–महासचिव गंगा मल्लले गरेकी थिईन ।
Previous Post

निर्वाचनको मतभेलाई विर्सेर अगाडि वढ्न अध्यक्ष शर्माको आग्रह

Next Post

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता
समाचार

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

निर्वाचनको मतभेलाई विर्सेर अगाडि वढ्न अध्यक्ष शर्माको आग्रह
समाचार

निर्वाचनको मतभेलाई विर्सेर अगाडि वढ्न अध्यक्ष शर्माको आग्रह

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी
समाचार

लेखनाथ खानेपानीले महशुल घटायो, विपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव
समाचार

लेखनाथमा २१औँ असारे रोपाईँ महोत्सव

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन
खेलकुद

छैटौं गण्डकी आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा लेखनाथ आईटिएफ डोजाङका खेलाडीको उत्कृष्ट प्रदर्शन

Next Post
लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

लेउवा संघको स्थापना दिवसमा ब्याडमिन्टन र दौड प्रतियोगिता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?