• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

Ramsharan Nepali by Ramsharan Nepali
May 29, 2024
in Uncategorized
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १५ जेठ । पोखरा लेडी जेसिजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह–२०२४ मनाउने भएको छ । लैंगिक समानता, समावेशी, स्वस्थ र समुन्नत समाज आजको आवश्यकता भन्ने प्रकरणका साथ यहि जेठ १७ गतेदखी २३ गतेसम्म विभिन्न सप्ताहव्यापी कार्यक्रमहरु गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

दिगो विकासका लक्ष्यहरुलाई सम्बोधन गर्दै विभिन्न क्षेत्रका महिला, बालबालिका, खेलाडी तथा उद्यमी युवाहरुलाई लाभान्वित गराउने उद्धेश्यले जेसीज सप्ताह सञ्चालन गरिने मूल संयोजक सुनिता गौतम भण्डारीले जानकारी दिईन ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन जेठ १७ गते उद्घाटन समारोह एवं विद्यार्थी, अभिभावक अभिमुखिकरण तथा सचेतना कार्यक्रम गरिने जनाइएको छ । विद्यार्थी, अभिभावक र महिला समूहलाई लक्षित गर्दै पोखरा उद्योग वाणिज्य संघमा सञ्चालन हुने अभिमूखीकरण कार्यक्रमको संयोजन दिव्यलक्ष्मी चालिसे र सरु पनेरुले गरिरहेका छन् ।

अभियान अन्र्तगत १७ र १८ गते नेलम्बो नेपालसँगको सहकार्यमा पोखराको नयाँ बजारस्थित नव प्रभात माध्यमिक विद्यालयमा सञ्चालन हुने बृहत निःशूल्क २ दिने दन्त शिविरको संयोजकको जिम्मेवारी रेजिना कटुवालले पाएकी छन् । शिविर विद्यालयका विद्यार्थी र कर्मचारीलाई लक्षित गरेर सञ्चालन गरिनेछ ।

यस्तै तेश्रो दिन जेठ १९ गते समाजिक मान्यता, साइबर अपराध र कानूनी प्रावधानका विषयमा कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमका लागि करुणा पाण्डेलाई संयोजक चयन गरिएको छ । कार्यक्रम पोखरा–१४ को वडा कार्यालयमा सञ्चालन गरिने छ ।

चौंथो दिन व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धि ‘इन्ट्रोड्यूस माईसेल्फ’ तालिम जेठ २० गते सञ्चालन गरिने छ । संघसंस्था एवं महिला समूहका अध्यक्ष र सचिवहरुलाई लक्षित गर्दै पोखरा–३० ढुंगेपाटनमा सञ्चालन गरिने तालिमको संयोजन इन्दिरा तिमिल्सिनाले गरिरहेकी छन् ।

यस्तै सप्ताहको पाँचौं दिन उद्यमी महिला लक्षिता दुई दिने उद्यमशिलता सौन्र्दय तालिम गरिने भएको छ । जेठ २१ गते हुने उक्त तालिम गुरुङ व्यूटी पार्लरसहित पोखराका विभिन्न ४ वटा पार्लरमा सञ्चालन गर्ने गरि रचना अधिकारीले संयोजन गर्ने छिन् ।

छैटौं दिन ‘डाइट प्लान’ तालिम सञ्चालन गरिने भएको छ । जेठ २२ गते खेलाडीहरुलाई लक्षित गरि सञ्चालन गरिने कार्यक्रमका लागि सगुन पौडेललाई संयोजक चयन गरिएको छ ।

कार्यक्रमको अन्तिम दिन सातौं कार्यक्रम अन्र्तगत जेठ २३ गते वातावरण संरक्षणलाई ध्यानमा राख्दै वृक्षारोपण गरिने भएको छ । पोखरा–३ स्थित शान्ति मिजार समाजको परिसरमा गरिने वृक्षरोपण तथा डस्विन वितरण कार्यक्रमको संयोजनको जिम्मेवारी सिर्जना आले इसाले पाएकी छन् ।

सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालन गर्न झण्डै १३ लाख खर्च लाग्ने संस्थाका अध्यक्ष गायत्री फुँयालले जानकारी दिइन् । सोही दिन नै एक समारोहका विच पोखरा लेडी जेसिज सप्ताहको समापन गर्ने गरि तयारी भइरहेको उनले जानकारी दिइन् । समापन समारोहको सकुन पौडेललाई पौडेललाई जिम्मेवारी दिइएको छ ।

संस्थाकी अध्यक्ष गायत्री फुँयालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेलम्वो नेपालका कार्यक्रम संयोजक भिमप्रसाद भण्डारी, संस्थाका पूर्व अध्यक्ष सृजना कर्मचार्य, निवर्तमान अध्यक्ष लक्ष्मी कुँवर (लता), मूल संयोजक सुनिता गौतम भण्डारी, महासचिव नन्दकुमारी ढुंगना लगायतले बोलेका थिए ।

Previous Post

जिवी राई रवि कै कार्यकालमा पक्राउ पर्छन : सह प्रबक्ता प्रसाई

Next Post

शताब्दी पुरुष विश्वनाथको जन्मोत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

गण्डकी मेडिकल कलेजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
Uncategorized

गण्डकी मेडिकल कलेजमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Next Post
शताब्दी पुरुष विश्वनाथको जन्मोत्सव

शताब्दी पुरुष विश्वनाथको जन्मोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?