लेखनाथ,२० जेठ l वि.स. १९८१ जेठ २० आज कै दिन यस धर्तीमा पाईला टेकेका पोखरा–२६ बिजयपुर निवासी शताब्दी पुरुष विश्वनाथ रानाभाटको १०१ औं जन्मोत्सव मनाईएको छ । स्वर्गीय करुणाखर रानाभाटका छ छोराहरु मध्यका एक मात्र जिवित ठुलाघरे कान्छो नामले चिनिने विश्वनाथको आईतवार विविध कार्यक्रमका साथ १०१ औं जन्मोत्सव मनाईएको हो ।
पुर्व सभामुख तारानाथ रानाभाटका कान्छा वुवा समेत रहेका विश्वनाथको जन्मोत्सवमा सदभाव धार्मीक ¥याली,कुल देवताको दर्शन तथा परिक्रमा,बृक्षारोपण,जन्मघरको दर्शन र शुभ आश्रीवाद ग्रहणका कार्यक्रमहरु राखेर जन्मोत्सव मनाइएको थियो ।
विश्वनाथका तिन भाई छोरा कृष्ण रानाभाट,ढकवहादुर रानाभाट र पुरुषोत्तम रानाभाटले वुवाको सन्मानमा राखेको कार्यक्रममा पोखरा २६ को विजयपुर देखि वाजागाजा सहित साघुँको मुख बिजयपुरमा रहेको कुल मन्दिर र अर्ध नारेश्वर लक्ष्मी मन्दिरको परिक्रममा गरि ईतिहासिक सिलिङ्गे डाडाँमा सिलिङ्गे प्रजातीको विरुवा रोपण गरिएको थियो ।
यसगरि विश्वनाथ रानाभाट जन्मिएको जन्म घरमा विश्राम पछि वाल्यकालमा खेलेका विभिन्न स्थानको परिक्रममा गरि पोखरा २६ को कालिकाचोकमा रहेको भाटसमाज भवनमा आफन्तजन,राजनितीक कर्मी तथा सामाजिक ब्यत्तित्वहरुलाई आश्रीवाद ग्रहण गराई जन्मोत्सव मनाएको छोरा देवेन्द्र रानाभाटले जानकारी दिएका छन् । सोही अवसरमा विशेष गरि रानाभाट/भाट समाज नेपाल केन्द्र,प्रदेश,जिल्ला र ईकाइ समितिहरुले वुवाको दिर्घ जिवन र सुस्वाथ्यको कामना गर्दै कदर पत्र प्रदान गरेका थिए ।
अरुलाई मानसन्मान र सहयोग गर्ने स्वभावले नै सवै गाउलेहरुका वुवाको उपनामले चिनिदै आउनु भएका रानाभाट कान कम सुने पनि शारिरिक रुपमा भने अझै पनि तन्दु्रष्टी र फुर्तीलो देखिनु हुन्छ । गाउहरुमा वलको काम दलिन बोक्ने,वाटो तथा पानी पधेरोमा ठुला ढुङ्गा राख्न देखि पशुपक्षीलाई औषधी खुवाउन समेत ठुलाघरे कान्छोका उपनामले चिनिनु भएका विश्वनाथलाई नै वोलाउने प्रचलन रहेको स्थानिय ठाकुर रानाभाट वताउछन् ।
Discussion about this post