लेखनाथ, १९ जेठ । बैदेशिक रोजगारीको सिलसिलामा वेलायत जान लाग्नु भएका राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङलाई लेखनाथ क्लवले सम्मान तथा विदाई गरेको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेका युवा क्लवहरुले सामुहिक रुपमा विगत गुरुङलाई सम्मान तथा विदाई गर्दै रोजगारीको सिलसिलामा विदेशमा रहे पनि मातृभुमीको सम्झनामा राष्ट्र प्रति उत्तरदाई हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा वोल्दै पुर्व न्यायधिस वासुदेव न्यौपानेले समाज सुधारका क्षेत्रमा काम गर्ने सामाजिक ब्यत्तिहरुको योगदानका वारेमा राज्यको तर्फबाट मुल्याङ्कन गर्नु पर्ने सुझाव दिदै भावी पुस्ताले उनिहरुको योगदानको उच्च कदर गर्ने धारणा राखेका थिए । सोही अवसरमा राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङले आफुले वि स २०७२ साल देखि २०८१ सालसम्म निश्वार्थ रुपमा समाज सुधारका लागि सरसफाई,लागु औषधको रोकथाम तथा नियन्त्रण,असाहाय तथा असक्तहरुलाई सहयोग गर्दै युवाहरुलाई समाज सुधारका लागि सचेतना कार्यक्रम संचालन गर्दै आएको वताएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका अधिकारी विदेशमा रहेर पनि देश प्रतिको माया र सेवा गर्ने भावना सृजित भईरहनु पर्ने सुझाव दिएकी थिईन । सोही अवसरमा लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठले आफनो ठाउको विकासका लागि यहाँ रहेका सवै सामाजिक संघ सस्थाहरु एक ढिक्का भएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याएका थिए ।
कार्यक्रममा लेखनाथ क्लवले निर्माण गर्न लागेको ब्याडमेण्टीन कवड हलका लागि विभिन्न ब्यत्ति तथा समाजिक संघ सस्थाहरुले आर्थीक सहयोग गर्ने घोषणा गरेका थिए । लेखनाथ क्लवका अध्यक्ष वालगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुभास अधिकारी,सचिव सन्दिप थापा,वरिष्ठ सल्लाहकार प्रकाशलाल श्रेष्ठ,वगादी युवा क्लवका अध्यक्ष गंगा बहादुर तामा®,छिमेकी टोल विकास सस्थाकी अध्यक्ष पारु भट्टराई लगाएतले युवाहरुलाई सस्कार र सस्कृतीका वारेमा जानकारी गराउनु पर्नेमा जोड दिएका थिए ।
Discussion about this post