लेखनाथ, कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ४ जोन ७ र ८ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन समारोह मंगलवार सम्पन्न भएको छ ।
पोखरा–२७, लेखनाथ, तालचोकस्थित शुभम् पाटी प्यालेसमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब अफ लेखनाथ सिमसार, मेट्रो सिटी, लेखनाथ टाउन र लायन्स क्लब अफ पोखरा वाटिकाका क्लब अध्यक्ष एवं पदाधिकारीहरुलाई पदस्थापन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन समारोहका पदस्थापन अधिकृत चन्द्रकुमार केसीले पदस्थापन गराएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ सिमसार, मेट्रो सिटी, लेखनाथ टाउन र लायन्स क्लब अफ पोखरा वाटिकाका लायन बर्ष २०२२/२३ का अध्यक्षहरू क्रमशः शिव कुमारी गिरी, उत्तम भण्डारी, भरत गिरी र कल्पना रानाभाटले आफ्ना कार्यकालमा सम्पादन गरेका प्रगति बिवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, लायन बर्ष २०२३/२४ का अध्यक्षहरू लेखनाथ सिमसारका गिता बराल, लेखनाथ मेट्रो सिटीका सुरेन श्रेष्ठ, लेखनाथ टाउनका बलराम भट्टराई र पोखरा वाटिकाका दिलमाया ढुंगानाले हालसम्म क्लबले सम्पादन गरेका कार्यका साथसाथै भावी कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
लयन्स क्लव अफ लेखनाथ मेट्रो सिटीका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष कुशलबाबु लामिछानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ लेखनाथ सिमसारकी सचिव प्रभा पौडेल लामिछानेले गरेकी थिईन ।
Discussion about this post