लेखनाथ, १ भाद्र । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औ महाधिवेशनमा संघको कार्यसमिति सदस्य पदमा ई. विजय न्यौपानेले उम्मेद्वारी दिने भएका छन् ।
‘प्रविधि मैत्री व्यवसायीक स्तरोन्नती अबको निकास, उद्योग र वाणिज्य क्षेत्रको विकास’ भन्ने नारा सहित उम्मेद्वारीको तयारी गरेका न्यौपानेले स्थानिय कृषि तथा उत्पादन को प्रबर्द्धन गर्ने र बिकृति, बिसंगती र अस्वस्थ ब्यपारिक प्रतिस्पर्धाको अन्त्य गर्ने प्रतिवद्धतालाई अगाडी सारेका छन ।
प्रबिधि मैत्री लेखनाथ उद्योग वाणिज्य संघको स्थापनाका लागी विशेष पहल गर्ने लक्ष्य लिएका उनले संघको वेबसाइटमार्फत उत्पादनको सुचिकृत गर्ने, अनलाईन बाट नै सदस्यता नबिकरण एवं संघले प्रवाह गर्ने हरेक सेवाको लागि अन्लाइन सिस्टम को बिकास गर्ने वताएका छन ।
ईन्फर्मेसन साईन्समा स्नाकोत्तर उर्तिण गरेका न्यौपाने गण्डकी धौलागिरी सप्लार्यस, पवित्र जि.एण्ड.डि. सप्लायर्स, एबिसि ड्राईभिङ ईन्स्टिच्यूट, काईट स्र्पोट्स लगायतका व्यवसायीक प्रतिष्ठानहरुमा आवद्ध छन भने तालचोक कृषि सहकारी संस्थाको अध्यक्ष, तालचोक बजार व्यवस्थापन समिति, लेक सिटि युवा क्लव, लेखनाथ हार्डवेयर एसोसियसन लगायतका संघ संस्थाहरुमा पनि आवद्ध छन ।
यस्तै आफु निर्वाचित भएको खण्डमा संघमा सबैको पहुँच पुग्ने गरि राय, सुझाव तथा योजना संकलन कक्ष को निर्माण गर्ने, म, मेरो नभई हामि र हाम्रा भन्ने भावना को अनुभुति गराउने प्रतिवद्धता व्यक्त गर्दै सम्पुर्ण व्यवसायीहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराईदिन अनुरोध गरेका छन ।
Discussion about this post