• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नागरिक परोपकारको साधारण सभा

Ramsharan Nepali by Ramsharan Nepali
August 18, 2023
in समाचार, स्थानीय
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ भाद्र । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० को चौंथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर धनराज आचार्यले विपत व्यवस्थापनका कार्यहरुमा संस्थाले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा महानगरको विपद व्यवस्थापन समितिसँग सहकार्य गर्दै अगाडी वढ्नुपर्ने आवश्यकता रहेको र विपदका घटनाहरु घट्न नदिनेतर्फ सबैजना सचेत हुनुपर्ने एवं हुनसक्ने घटनाहरुलाई मध्यनजर राख्दै पुर्वतयारीका गतिविधिहरुलाई पनि सहकार्यका माध्यमबाट अगाडी वढ्न सुझाव दिएका थिए ।

मेयर आचार्यले विश्व बैंकको आर्थिक सहयोगमा पोखरा–२६ अर्घौंदेखी शिशुवा, खुदी हुँदै गगनगौंडा जोडीने सडक मार्ग निर्माणको लागी योजना छनोट भएको र यसलाई सफल बनाउन सम्पुर्ण स्थानीयले सहयोग गर्नुपर्ने वताएका थिए ।

उक्त अवसरमा मेयर आचार्यले संस्थाको नवनिर्मित भवनको उद्घाटन समेत गरेका छन । करिब ३० लाखको लागतमा निर्माण सम्पन्न भएको ५ कोठे भवनमा संस्थाको कार्यालय, सभाहल, विपद व्यवस्थापनका सामग्रीहरुको स्टोर रहेका छन ।

यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नागरिक परोपकार समन्वय संस्था रुपा गाउँपालिकाको पनि सहयात्री संस्था भएको र आफुहरुले पनि संस्थाको सेवाबाट लाभ लिन पाएको वताए । उनले गाउँपालिकाले व्यवसायीहरुका लागी व्यवसायमैत्री निती ल्याएको वताउँदै रुपा गाउँपालिकालाई व्यवसायको हब बनाउन सकिने पनि वताएका थिए ।

कार्यक्रममा पोखरा–३० का वडाध्यक्ष एवं संस्थाका संरक्षक दुर्गा प्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संस्थापक संरक्षक श्रीराम पोखरेल, संस्थापक अध्यक्ष राजेन्द्र ओझा, पोखरा महानगर कार्यपालिका सदस्य भिम कुमारी पुन लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गिता जमरकटृेलले गरेकी थिईन भने धन्यवाद ज्ञापन उपाध्यक्ष देवराज पन्थीले गरेका थिए ।

Previous Post

लेउवा संघको कार्यसमिति सदस्यमा विजय न्यौपानेले उम्मेदवारी दिने

Next Post

पोखरा २७ का वडा सचिव २ लाख ५० हजार घुससहित रंगेहात पक्राउ

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा २७ का वडा सचिव २ लाख ५० हजार घुससहित रंगेहात पक्राउ

पोखरा २७ का वडा सचिव २ लाख ५० हजार घुससहित रंगेहात पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?