लेखनाथ,२८ कार्तिक
यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी लेखनाथ जेसीजले कास्की क्षेत्र नं. १ का उम्मेदवारहरु सँग ककस कार्यक्रम सम्पन्न गरेको छ ।
उम्मदेवारहरुका चुनावी एजेण्डा र प्रतिवद्धता प्रस्तुत गर्ने र त्यसमाथी सर्वसाधारण जनताहरुले जिज्ञासा राख्न पाउने गरी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा आफ्ना प्रतिवद्धताहरु प्रस्तुत गर्दै नेकपा एमाले कास्की क्षेत्र नं. १ का प्रदेशसभा सदस्य पदका उम्मेद्वार खगराज अधिकारीले आफ्नो क्षेत्र नं.१ मा विगतदेखी नै विकास निर्माणका योजनाहरुमा हुने गरेका अवरोधहरु हटाउनको लागी आफु संघ बाट प्रदेशमा झरेको वताएका थिए ।
उनले आफुलाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह गर्दै अब क्षेत्र नं. १ को विकास गर्नक लागी कोही कसैले रोक्न नसक्ने वताएका थिए ।
यस्तै माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार दिपक कोईरालाले गत निर्वाचनमा पनि विजयी भएर पाँच वर्ष ईमान्दारीतापुर्वक विकास निर्माणका कार्यमा सहभागी भएको वताउँदै बाँकी रहेका विकासका कार्यहरु सम्पन्न गर्नको लागी आफुलाई विजयी गराउन आग्रह गरेका थिए ।
उक्र अवसरमा नेपाली पाटीका कर्णेल मदन बहादुर के शी, राप्रपाका बाबुराम थापा, जसपाका रामकाजी चर्माकार र स्वतन्त्र विश्वराज पौडेल लगायतले आफनोे गाउँ ठाउँको विकासका लागि कुनै कसुर बाकी नराखी देश र जनताको हितमा काम गर्ने उद्घोष गरेका थिए ।
कार्यक्रममा कास्की क्षेत्र नं १ का नेकपा एमालेका उमेदवार मनबहादुर गुरुङ, नेपाली कागे्रसका किशोरदत्त बराल, हाम्रो नेपाली पाटीका प्रमोद आचार्य, राष्ट्रिय स्वतन्त्र पाटीका राजु राई, एकिकृत शक्ति नेपालकी सविना बेगम, मंगोल नेशनल अर्गनाईजेसनका यज्ञ बहादुर गुरुङ, नेकपा माओवादी समाजवादीका टुक बहादुर सिंजाली, जनता समाजवादीका सर्मिला नेपाली मगराती र स्वतन्त्र सौगात जि सी ले आफुले अगाडी सारेका चुनावी एजेण्डा र जनताका माझ गरेका प्रतिबद्धताका बारेमा प्रष्ट रुपमा ब्याख्या गरेका थिए ।
लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष ऋषिराम जमरकटेल, उपाध्यक्ष प्रकाश राईभाट लगायतले कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराएका थिए भने लेखनाथ जेसीजका महासचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा संयोजक अर्जुन ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।
Discussion about this post