• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

Ramsharan Nepali by Ramsharan Nepali
December 25, 2023
in Uncategorized, अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
216
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ९ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन ।

सोमबार ‘क्रिसमस डे’ बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी गरी हालसम्म झण्डै ४ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले स्टेज तताएका थिए ।

महोत्सवमा मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की, शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ र मधु थापा मगर लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पोखरेली माग्ने बुढा÷धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुती रहनेछ । यस्तै बेलुका लाईभ कन्सर्टमा रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

Previous Post

आईतबारसम्म १ लाख २५ हजार दर्शकहरुद्धारा अवलोकन

Next Post

राष्ट्रिय युवा संघ पोखरा २७ को रक्तदानमा ७१ युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव
अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सुझाव

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे
समाचार

बेगनासताल क्षेत्रलाई पर्यटकिय गन्तव्यको स्थलका रुपमा बिकास गरिने : मुख्यमन्त्री पाण्डे

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग
समाचार

जन्मदिनमा दृष्टीविहिनहरुका लागि खाद्यान्न सहयोग

वडा कार्यालय भवनको शिलन्यास
समाचार

वडा कार्यालय भवनको शिलन्यास

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

Next Post
राष्ट्रिय युवा संघ पोखरा २७ को रक्तदानमा ७१ युनिट रगत संकलन

राष्ट्रिय युवा संघ पोखरा २७ को रक्तदानमा ७१ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?