• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

आईतबारसम्म १ लाख २५ हजार दर्शकहरुद्धारा अवलोकन

Ramsharan Nepali by Ramsharan Nepali
December 24, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार सम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेका छन ।

महोत्सवको पहिलो दिन ४० हजार, दोश्रो दिन २० हजार, तेश्रो दिन शनिबार ४० हजार र आईतबार २५ हजार गरि अहिलेसम्म १ लाख २५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र आईतबार ६० लाख गरी हालसम्म २ करोड ९० लाख बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

आईतबार लोकदोहोरी कलाकार पशुपती शर्माले आफ्ना गितहरुमा दर्शकहरुलाई नचाएका थिए भने कृष्ण अखेली, सुनितामी परियार, दिपक कार्कि, सविना गुरुङ, टेक क्षेत्री र अनिशा गुरुङले आफ्नो प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपालीले स्टेज तताएका थिए ।

महोत्सवमा सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले प्रस्तुती दिनेछन ।

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

Previous Post

१९ औं लेखनाथ महोत्सवको तेश्रो दिन ४० हजार दर्शकहरुद्धारा अवलोकन, १ करोड बराबरको कारोबार

Next Post

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?