पोखरा, माघ २६
पोखरा ३१ बेगनासतालमा बराह मन्दिर निर्माण गर्नका लागि निर्माण समिति बनेको छ । बराह मन्दिर निर्माणका लागि गठित निर्माण समितिको अध्यक्षमा स्थानीय सामाजिक व्यक्ति ध्रुबनाथ अधिकारी चयन भएका छन् । समितिको उपाध्यक्षमा विष्णु सुवेदी, सचिवमा इन्जिनीयर दिपकराज कँडेल, कोषाध्यक्षमा गंगाराम सुवेदी, सदस्यमा कृष्ण प्रसाद ढुंगाना, सुरेन्द्र कँडेल, शंकर कँडेल, सिता कार्की, प्रदिपराज कँडेल, इन्जिनियर चन्द्रकान्त तिवारी र बिरभद्र कँडेल रहेका छन् ।
बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्था र बेगनासताल बराह क्षेत्र विकास समितिले संयुक्त रुपमा आम भेलाको आयोजना गरि उक्त निर्माण समिति गठन गरेको हो ।
पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिती समेत चयन गरेको छ । समितिको सदस्यहरुमा मित्रलाल भण्डारी, शोभाखर कँडेल, सुर्यराज तिवारी, शान्ति खनाल, भरतराज ढकाल र यदुनाथ कँडेल चयन हुनुभएको छ ।
गण्डकी प्रदेश पर्यटन मन्त्रालयको रु ५० लाख रुपैंया आर्थीक सहयोगमा उक्त मन्दिर निर्माण हुन लागेको हो । बेगनासताल लाइ उत्कृष्ट धार्मीक तथा पर्यटकिय क्षेत्र बनाउने उद्देश्यले कँडेल टुँडा लाइ बराह क्षेत्र बनाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिकाले पोहोर साल नै रु ११ करोड लागत सहितको डिपिआर तयार गरेको थियो।
Discussion about this post