लेखनाथ, ४ चैत्र । पोखरा महानगरपालिका वडा नम्वर –२६ को अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्रीहरु सहयोग गरी आफ्नो १८ औं स्थापना दिवस मनाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा २७, सयलापाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा वाल आश्रममा खाद्यान्न तरकारी खाजा तथा अन्य सामग्रीहरु सहयोग गरेको हो ।
क्लवले फागुन २५ गते दोस्रो सनराईज क्लव ब्याडमिन्टन प्रतियोगिता, २७ गते सुन्दरीबजार टोल विकास संस्थाको कार्यालय भवन निर्माणमा रु १०,१०१ रकम सहयोग र चैत्र १ गते आश्रममा खाद्यन्न सहयोग गरेर स्थापना दिवस मनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वृद्ध तथा वाल आश्रमका संरक्षक कल्याणकुमार कार्कीले आश्रमको ईतिहासिक पक्ष र वर्तमान अवस्थाका बारेमा जानकारी गराउदै क्लवद्धारा प्रदान गरिएको सहयोगको लागि हार्दिक आभार व्यक्त गरे ।
कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहाकार बासुदेव न्यौपाने संस्थापक सल्लाहकार कर्णबहादुर जि.सी, सल्लाहकार हरिप्रिया पौडेल लगाएतले क्लवका हरेक क्रियाकलावहरु विशुद्ध सामाजिक कार्यमा महत्वपूर्ण योगदान गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै क्लवको हरेक कार्यक्रममा पूर्ण सहयोग र आवश्यक सरसल्लाह गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्लवका अध्यक्ष सुर्यनाथ न्यौपानेले क्लवको १८ औं स्थापना दिवस मनाउन पाउँदा धेरै खुशी व्यक्त गर्दै क्लवले सडक बत्ती, टोल सरसफाई, जनचेतनामूलक कार्यक्रम, खेलकुद, गरीव तथा जेहन्दार छात्रालाई छात्रवृत्ति जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सवैको साथ र सहयोगले क्लव यहाँसम्म ल्याउन सहयोग गर्नुहुने सम्पुर्णलाई आभार तथा धन्यवाद दिएका थिए ।
क्लवका सचिव विनोद कार्कीले सञ्चालन र कोषाध्यक्ष ईश्वरीकुमारी जि.सीले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन क्लवका निवर्तमान अध्यक्ष डिबि पुनले गरेका थिए ।






Discussion about this post