लेखनाथ, १७ चैत ।
बैदेशिक दाता स्इजरलैण्ड नागरिक कृष्टोफ मेरीयन स्इभर दम्वतिले पोखरा महानगरपालिका वडा नंं ३२, स्थित राधाकृष्ण वृद्धाश्रमलाई निरन्तर सहयोग जारी राखेका छन् ।
दम्पत्तीले आश्रममा रहेका ६५ जना जेष्ठ नागरिकलाई विगत १५ वर्षदेखि तिन जना कर्मचारी र हाल एक जना स्वास्थ्यकर्मीगरी चार जनालाई व्यवस्थापन गरेका हुन् ।
आश्रममा खाना बास तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था, गौ पालन, चौतारो निर्माण, खाद्यन्न सामाग्री लगायतका थुप्रै कार्य गर्दै आएका विदेशी दाताले दिएको रकमले संस्थाको व्यवस्थापनमा थप सहयोग मिलेको संस्थाका संस्थापक अध्यक्ष प्रेम लिगलले बताए ।
सहयोग दाता कृष्टोफले आफ्नो पारिश्रमिकबाट गरेको बचतले भौगोलिक रुपमा आफु टाँढा भएपनि सिड फाउन्डेसन कास्कीको संयोजनमा
आश्रममा सहयोग हुदै आएको छ । सहयोग सदुपयोग भएको व्यवस्थापनमा थप सहज मिलेको अनाथ र असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम जीवनको अन्तिम क्षण बिताउने थलो भएकाले बुबा आमाको अनुहार हासिलो देख्दा आफु साह्ै हर्षित भएको धारणा राख्दै भावी जिवनमा थप सहयोग बढाउने विचार ब्यक्त गरे ।
सिड फाउन्डेसन कास्कीका अध्यक्ष चन्द्रवहादुर थापाले अन्य कामका लागि सहयोग पुगोस् भनेर विदेशी दाताहरुको सहयोगले वृद्धवृद्धको दैनिकीमा ठूलो सहयोग पुगेको बताउदै आश्रमलाई परेका थप समस्याको क्रमिक रुपमा समाधान गर्दे जाने बताए ।
संस्थाका अध्यक्ष विश्वराज लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा सिड फाउन्डेसनका सचिव मदन थापाले दोभासेको भुमिका निर्वाह गरेका थिए भने कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष शोभा मोहन पौडेलले गरेका थिए ।
Discussion about this post