लेखनाथ , १७ चैत्र । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तरगतको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथको वर्ष २०२५÷ २६ का लागि अध्यक्ष पदमा बोधराज लामिछाने चुनिनु भएको छ ।
क्लवको २७ औं चार्टरनाइटबाट आगामी कार्यकालका लागि प्रथम उपाध्यक्षमा डम्बर बल्लभ चापागाईं द्वितीय उपाध्यक्षमा चिरञ्जीवी तिवारी र तृतीय उपाध्यक्षमा महेन्द्र सिग्देल निर्वाचित भएका हुने भने केदार लामिछाने सचिवमा र बिष्णु सुनारलाई कोषाध्यक्षमा मनोनित गरिएको हो ।
यसैगरि क्लव प्रशासकमा भुवन श्रेष्ठ,सह सचिवमा ओम प्रकाश पौडेल,सह कोषाध्यक्षमा रविलाल सुवेदी,एल सी आई एफ चिफमा सुन्दर ढकाल,मेम्मरसिप चियर प्रशनमा डा. प्रकाश भटराई,पि आर ओमा डा. विकास गौचन,सर्भिस चेयर प्रर्सनमा सुर्य प्रसाद तिवारी,मार्केटिङ चेयर प्रसनमा शिव प्रसाद वास्तोला,धु्रव न्यौपाने,प्रमोद पौडेल,धु्रव तिवारी र बिनोद पौडेल रहेका छन् ।
नवनिवाचित टिमलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर विनोद ढुगानाले आगामी वर्ष २०२५÷ २६ का लागि नयाँ नयाँ योजनाका साथ लायन्स अभियानलाई ग्रामिण तहसम्म पु¥याउन अनुरोध गर्दै लायन्सले गरेका सकरात्मक काम र समाजमा लायन्सको आवस्यकताका वारेमा जानकारी गराउनु पर्ने धारणा राखेका थिए ।
लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा भिडिजी शौलेन्द्र मोहन भटराई आइ पि डि जी चन्द्रकुमार के शी,लायन्स क्लब अफ लेखनाथका संस्थापक अध्यक्ष चतुराखर अधिकारी, पुर्व अध्यक्ष संकर प्रसाद पौडेल लगाएतले आ आफनो धारणा राखेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ लोटसका अध्यक्ष पुष्पमणि भण्डारी र लायन्स क्लब अफ लेखनाथ स्टारका अध्यक्ष सत्यराज सापकोटालाई नयाँ क्वलको रुपमा चार्टर हस्तान्तरण गरिएको थियो ।
Discussion about this post