लेखनाथ, १६ चैत्र ।
पोखरा महानगरपालिका वडा नंं ३२, ले आफ्नो वडाभित्र रहेका सामुदायिक विद्यालय र निजी विद्यालयबाट सर्वोकृष्ट विद्यार्थी, शिक्षक, प्रअ र अध्यक्षलाई सम्मान गरेको छ ।
वडा भित्रका १३ वडा विद्यालयका आधाभूत तह र माध्यमिक शिक्षा परीक्षा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई शिक्षा सम्मान गरेको हो ।
बार्षिक कार्यक्रम अनुसार शिक्षाको राष्ट्रिय लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ वडा कार्यालयले एसइई परिक्षा २०८० सालमा सत प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल प्राविधिकधार तर्फ ब्रहमरुपा मावि, स्माइल स्माइल हेभेन वोडिङ् स्कुलका विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । यसैगरी कुशल प्रशासकमा सम्मान हुनेमा ब्रह्मरुपा माविका प्र.अ. जनार्दन सुवेदी, सर्वोकृष्ट कुलश व्यवस्थापकमा गोगन माविका अध्यक्ष मेघराज पौडेललाई समेत सम्मान गरेको छ ।
यस अघि कार्याक्रमको उद्धघाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान कर्याक्रम विषेश महत्व रहेको बताउदै शिक्षण कार्य एउटा पेशा र सेवा मुलक भएकोले विद्यार्थीको सर्वपक्षिय मुल्याङ्कन गर्दै विद्यालय सुधार योजना अनुसार शिक्षाको लक्ष्य हाँसिल गर्न सवैमा सरोकारवालालाई आग्रह गर्दै बर्तमान अवस्थामा रिजल्टपनि क्रमश सुधार हुदै गएकोले महानगरले शिक्षा र स्वास्थ्यलाई निःशुल्क र अनिवार्य गराउने लक्ष्यका साथ अगाडी बढेको बताए ।
कार्यक्रममा वडा नंं १३ का शिक्षा समितिका अध्यक्ष एवं पूर्व जिल्ला शिक्षा अधिकारी नरेन्द्र रेग्मीले वडाभित्रका १३ बटा सामुदायिक र निजी विद्यालयलाई छनौटगरी २०८० को नतिजा र शिक्षकको योगदान अनुसार मुल्याङ्कन गरीएको बताए । उनले वडामा शिक्षा क्षेत्रको बजेट न्यून रहेको र आवश्यक बजेट विनीयोजित गर्न प्रमुख अतिथि संग आग्रह गरे ।
वडा अध्यक्ष अक्कल बहादुर कार्कीले वडा भित्रका विष्ोशगरी प्राविधिक शिक्षा र विज्ञान विषयलाई विशेष प्राथमिकता राखि गुणस्तरीय शिक्षा र व्यवहारिक शिक्षामा जोड दिएको बताउदै जसले मेहनत गरेको छ त्यसैलाई सम्मान गरेको बताए । भने कार्यक्रमको संचालन वडा सचिव कमल खासुले गरेका थिए ।
Discussion about this post