लेखनाथ , १६ चैत्र । लेखनाथ क्षेत्रको पहिलो मन्टेश्वरीको रुपमा रहेको लेक सिटि ऐकेडेमी एण्ड मन्टेश्वरीले अभिभावक,विद्यार्थी र विद्यालयका विच प्रभावकारी सम्वन्ध रहनु पर्ने भन्दै सामुहिक अभिभावक भेला गराएको छ ।
विद्यार्थीको पढाईलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने उदेस्यले अभिभावकको राहे तथा सुझाव लिने उदेस्यले राखिएको कार्यक्रममा बालबालिकाहरुलाई कसरी असल सस्कारी र अनुशासित बनाउन सकिन्छ भन्ने वारेमा छलफल गरिएको थियो ।
पछिल्लो समय विद्यार्थीमा देखिएको मोवाईल प्रतिको मोह र घरमा अभिभावकले पढाई प्रति कम चासो देखाउदा विद्यार्थीले जती सिक्नु पर्ने हो त्यती सिक्न नसकिरहेको अवस्थालाई मध्यनजर राख्दै विद्यार्थीको सिकाईमा सामुहिक प्रयासको आवस्यकता औल्याईएको थियो ।
उत्त कार्यक्रममा विद्यालयमा अध्यानरत विद्यार्थीहरुका अभिभवकलाई एकै ठाउनमा राखेर प्रशिक्षक गोविन्द गिरीले विद्यार्थीमा देखिएका समस्या र त्यसको निराकरणका उपाएका वारेमा आम जनमानसले समयमा नै बिचार पु¥याउन नसक्ने हो भने भविश्वयमा हामीले कल्पना गरेको जनशत्ति उत्पाद गर्न नसकिने तर्फ पनि सचेत गराईएका थिए ।
साथै उनले विद्यार्थीको पहिलो पाठशाला घर भएकाले अभिभावकले बाल वालिकको अगाडी सकरात्कम विषय वस्तुको मात्र उठान गनु पर्ने र उनिहरुको सिकाईलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने वारेमा विद्यालय परिवारसगँ वारम्वार सम्पर्कमा रहन समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा सस्थापक प्रिन्सिपल प्रभा पौडेल लामिछानेले वि स २०६८ सालमा स्थापना भएको विद्यालयले गुणस्तरिकय शिक्षाका लागि प्रभावकारी सिकाई प्रणाली अपनाएको बताएकी थिईन भने सस्थापक कुशलवावु लामिछानेले त्रिपक्षिय सम्वन्धबाट समयानुकुल पढाईको स्तर वढाउदै लैजानु पर्नेमा जोड दिएका थिए ।
Discussion about this post