लेखनाथ , १६ चैत्र । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपाल कलस्टर ५ अन्तरगत रिजन १० को रिजन कन्फ्रेन्स शनिवार लेखनाथमा सम्पन्न भएको छ ।
रिजन १० अन्तरगत जोन १९ र २० का ११ वटा क्लवले हालसम्म सम्पादन गरेका उत्कृृष्ठ सामाजिक कार्य र भविश्यमा गर्नु पर्ने कामका बारेमा जानकारी दिने उदेस्यले राखिएको कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर विनोद ढुगानाले लायन्सले गरेका सकरात्मक काम र समाजमा लायन्सको आवस्यकताका वारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा पुर्व डिष्ट्रिक गभर्नर राम बहादुर वसेलले हुनेले र नहुनेलाई र आर्थीक तथा सामाजिक रुपमा पछि परेका समुदायलाई माथी उठाउनु नै लायन्सको मुख्य उदेस्य रहेको बताएका थिए ।
रिजन १० का चियर प्रशन मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जोन १९ का जोन चियर प्रशन राजेन्द्र प्रसाद पौडेल र जोन २० का जोन चियर प्रशन उत्तम भण्डारीले आ आफना जोन अन्तरगतका क्लव भित्र बार्षिक रुपमा गरेका सामाजिक काम र त्यसका प्रभावले समाजमा परेको सकरात्मक शन्देसका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी क्लवहरुको तर्फबाट लायन्स क्लव अफ पोखरा अर्घौका अध्यक्ष प्रकाशलाल श्रेष्ठले आफनो धारणा राखेको कार्यक्रममा राष्ट्रिय झण्डाको अभिवादन लायन्स क्लव अफ लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाले गरेका थिए ।
सोही अवसरमा पोखरा ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमका सस्थापक अध्यक्ष प्रेम लिगललाई जेष्ठ नागरिकको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सन्मान गरिएको थियो ।
Discussion about this post