लेखनाथ,२३ भदौ । कास्कीको पोखरा महनागरपालिका वडा नं २६ को बुढिवजार देखि खरानेफाँट,राखिडाडाँ हुदै कालिकासम्मको वाटो स्तरउन्नतीको काम सुरु भएको छ ।
पोखरा महानगरपालिकाको गौरवको योजना अन्तरगत छ करोड ८९ लाख छ सय ९५ रुपियाँको लागतमा करिव साडे तिन किलोमिटरको वाटोमा नाला सहित आठ मिटर चौडाई रहने छ ।
लामो समयको पर्खाई पछि वन्न लागेको वाटोको निर्माण कम्पनी शिद्धवावा कन्ट्रक्सनले वुढिवजार देखि काम सुरु गरेको छ । वि स २०८१ भदौ ६ गते भएको संझौताको एक वर्ष अर्थात २०८२ को भदौ ४ सम्म काम सम्पन्न भईसक्नु पर्ने छ ।
निर्माण कम्पनीका ठेकदार नारायण श्रेष्ठले बाटोको दाया बायाँ काम गर्दा स्थानियको राहे सुझाव अनुसार नै अगाडी वढ्ने र यदि विचमा कुनै वाधा ब्यवधान नआए निर्धारित समयको तीन महिना अगाडी नै काम सम्पन्न हुने गरि निर्माण सामाग्री देखि कामदारको ब्यवस्थापन गरेको बताएका छन् ।
बुढिवजारचोकबाट विजयपुर नहरको दाया वायाँ योजना अनुसारको काम पहिलो चरणमा गर्ने र खरानेफाँट क्षेत्रमा धानीवालीमा क्षेती नहुने गरि नाला सहितको वाटो स्तरउन्नती गरिने छ भने राखिडाडा हुदै वडा नं २६ को सिमानासम्ममा निधारीत माफदण्ड अनुसार कै काम हुने वडा अध्यक्ष नरेन्द्र थापाको भनाई रहेको छ ।
उनका अनुसार निर्वाचनका समयमा आफुले प्रतिवद्धता जनाएका कामलाई महानगर,प्रदेश वा केन्द्रिय तहसम्ममा पुगेर पनि वजेटको ब्यवस्थापन गर्न आफु लागी परेको हुदाँ बाटो निर्माणका क्रममा कुनै पनि अब्ठारो अवस्था परेमा निमार्ण ब्यवसायिसँग होईन सिधै वडा कार्यालयमा आएर सुझाव दिनका लागि अनुरोध समेत गर्दै विकास निर्माणको काममा सवैको साथ,सहयोग र सहकार्यले मात्र विकास सम्भव हुने उनले वताएका छन् ।
कालिकावासीको लागि बैकल्पीक वाटो समेत रहेकाले यो वाटोलाई ब्यवस्थीत गर्न सकियो भने कालिका,माझठाना देखि भगवतीटार सम्मका उपभोक्ताहरु लाभाम्वीत हुने स्थानिय ईश्वरी प्रसाद अधिकारीले जानकारी दिएका छन् ।
Discussion about this post