लेखनाथ, २२ भदौ । पोखरा महानगरपालिका वडा नं २६ को सिलिङ्गेमा रहेको जटाशंकर धार्मिक विकास समितिको आठौं बार्षिक साधारण सभा तथा पाचौ अधिवेशनले रामप्रशाद सिग्देलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
वर्तमान अध्यक्ष समेत रहेका सिग्देलको नेतृत्वमा गठन भएको समितिको वरिष्ठ उपाध्यक्षमा वडा नं २६ का वडासदस्य समेत रहेका तिर्थ वहादुर राजभाट,उपाध्यक्षमा विकास रानाभाट,सचिवमा बिशाल राजभाट,कोषाध्यक्षमा एकेन्द्र राजभाट र सह सचिवमा ईश्वरी थापा रहेकी छन् ।
यसैगरि समितिको सदस्यहरुमा रुपलाल बञ्जरा,रेवती अधिकारी,सोमनाथ उपाध्याय अधिकारी,कृष्णहरी ढुगाना,सुमन राजभाट,रमा ढुगाना,श्यामा सिग्देल र कमल थापा रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले कास्कीमा धार्मीक पर्यटनको प्रसस्त सम्भावना रहेकाले पुम्दी कोटमा महादेवको मुती राखे जस्तै सिलिङ्गे डाडामा ५४ फीटको शिव लिङ्ग(जोतिरलिङ्ग) राख्ने गुरुयोजना तयार भएकाले पोखराको दृश्यावलोकन र हिमाली श्रृखलालाई नजिकवाट हेर्न सकिने भएकाले यस क्षेत्रको विकासमा साझा अवधारणा आवस्यक रहेको वताएका थिए ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विन्ध्यवासिनी गुरुकुल आश्रमका प्रधानाध्यापक रामचन्द्र पौडेल,भद्रकाली मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठ,समितिका सस्थापक अध्यक्ष कृष्ण बहादुर अधिकारी,पोखरा महानगरपालिका वडा नं २६ का निवर्तमान अध्यक्ष नारायण प्रसाद वराल,इ.सागरमोहन भटराई, हरिश्चन्द्र सुजनसिल मञ्चका अध्यक्ष ऋषव देव वास्तोला,स्थानियी धार्मीक ब्यत्तीत्व चन्द्र वहादुर रानाभाट,ज्ञानेन्द्र सिग्देल,रुपलाल बञ्जरा,विकास रानाभाट र रुपलाल वञ्जरा लगाएतले धर्म र संकृतीको संरक्षणका लागि सामुहिक पहलको खाचो औल्याएका थिए ।
सस्थाका सचिव विशाल राजभाटले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष लक्ष्मी देवि भट्टराईले राखेकी थिईन भने कोषाध्यक्ष एकेन्द्र राजभाटले आर्थीक प्रतिवेदन पेस गरेका थिए ।
Discussion about this post