लेखनाथ, २२भदौ ।
पोखरा महानगरपालिका वडा नंं २६ को सक्नेरीमा लोक सास्कृतीक संरक्षण समिति र उज्ज्वल आमा समुहले हरेक वर्ष गर्दै आएको तीज गित प्रतियोगितामा धर्म,मर्म र मौलीक सस्कृतीको संरक्षण गर्नु पर्ने वोलका गीतले स्थान पाएका छन् ।
प्रतियोगितमा सहभागी ११ समुह मध्यका प्राय सवैले युवाहरु विदेशीदा वुवा आमाले भोग्नु परेका समस्य, गाउघरका जग्गा वाझै रहनु, विदेशी रहन सहनको अनुसरण गर्दा आफनो मौलीक धर्म र सस्कृती गराउदै जादाको विकर अवस्थाका वारेमा चित्रण र उजागर गरिएका गीतहरु प्रस्तुत गरिएको थियो ।
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले राखिएको प्रतियोगितमा आदर्श दिदीवहिनी महिला समुहले प्रथम स्थान हासिल गरेको थियो भने रिठेपानी दिदीवहिनी समुह द्धितीय, भवनी प्रसाद अधिकारी चेलीवेटी समुह तृतीय र अर्चले दिदी वहिनी सम्ुह र पार्वती अधिकारी दिदीवहिनी समु्हले सान्तोना स्थान हासिल गरेको लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितीयले सात हजार,तृतीयले तिन हजार पाँच सय नगद सहिति प्रमाण पत्र प्राप्त गरका छन् भने उत्कृष्ट नृत्यमा मट्टिखाना मञ्जु दिदीवहिनी सुमह र एकल नृत्यमा समृदी सिग्देललाई सम्मान गरिएको थियो ।
यस अघि कार्यक्रमको उद्धघाटन गर्दे गण्डकी प्रदेश सभासद देवका पाहारीले कला र संस्कृतिको संरक्षण गर्ने दायित्व महिला दिदीबहिनीहरुका रहेकाले तीजमा गाईने गीतले समाजलाई सकरात्मक सन्देश दिने देखि विक्रिती र विसंगीलाई गीत मार्फत उजागर गरिदै आएको प्रशंग उठाएकी थिईन भने गीतले ग्रामिण कृषिमा परिवर्तन खोजिएको भन्दै सबै महिलामा आर्थिक परिवर्तनको खाचो औल्याउकी थिईन ।
लोक सस्कृतीक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघकी महासचिव जानुका अधिकारी, सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल,लेखनाथ खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष पुष्पकमल ढुगाना,जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विष्णु प्रसाद वराल,जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगाना,उज्ज्वल आमा समुहकी सस्थापक अध्यक्ष सरस्वती गौतम, लोक सास्कृतीक संरक्षण समितिका पुर्व अध्यक्ष खेमप्रसाद भण्डारी र भोजराज वराल लगाएतले सस्कृती र संरक्षणका वारेमा आ आफनो धारणा राखेका थिए ।
उज्ज्वल आमा समुहीकी अध्यक्ष तथा सह संयोजक सरस्वती र्गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव कृष्ण अधिकारीले गरेका थिए ।
Discussion about this post