लेखनाथ, २ बैशाख । कास्कीको तेस्रो ठुलो रुपाताल किनारमा आईतवार देखि छैटौं सिष्ठेनी मेला सुरु भएको छ ।
“चैते दशैको वेला सिष्ठेनी मेला” भन्ने प्राचिन भनाईलाई मध्यनजर राखेर स्थानिय रुपा युवा क्लवले समयानुकुल परिस्कृत गर्दै पोखरा ३२ को रुपाताल छेउमा छैटौं रुपा सिष्ठेनी मेला संचालन गरेको हो ।
नेपालमा मेला तथा महोत्सवको सुरुवात सिष्ठेनीबाटै भएको मान्यता रहदै आएको छ । मेलामा विशेष गरि कृर्षी उत्पादन ,कृर्षी औजार तथा छेलो हान्ने प्रतियोगिताले यो ठाउले ख्याती कमाएको स्थानियहरुको भनाई रहेको छ ।
यसै विच बैशाख ५ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशमा मुख्य मन्त्री खगराज अधिकारीले नेपालको आफनो मौलीक सस्कृती र स्थानिय सिप एवंम प्रविधीको प्रयोग गर्दै स्थानिय उत्पादनलाई टेवा पु¥याउन यस प्रकारको मेलाले सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
जनता नेताका लागि विश्वविद्यालय भएकाले जनताले सिकाएकै काम नेतृत्वमा पुग्नेले गर्ने हो भन्दै मुख्य मन्त्री अधिकारीले तिनै तहबाट विनियोजित हुने विकास निर्माणको रकमलाई एकद्धार प्रणालीबाट वा विकास वैक प्रणलीबाट वितरण गर्नु पर्ने र सरकारी तहबाट वजेट कनिका छरे झै छर्न नहुने उनको सुझाव थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष अक्कल वहादुर कार्कीले विकास निर्माणका काममा संघिय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए भने क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठले छेलो हान्ने प्रतियोगिताका रुपले ख्याती कमाएको मेलामा साहित्य कला, संस्कृति,धर्मको जागरण गर्ने, रुपाताल वरीपरीको क्षेत्रमा विकासका लागि पहल गर्ने , आन्तरिक तथा बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतका उद्देश्यले मेलाको आयोजना गरिएको वताएका थिए ।
क्लवका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण महिलाहरुको तर्फबाट सिता अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र लोक दोहोरी गायक शिवहरि ढुगाना लगाएतले मेलालाई बार्षिक रुपमा नै मनाउने गरि कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका थिए । क्लवका सचिव अनिल पंगेनीले संचालन गरेको कार्यक्रमका संयोजक सागर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
परापुर्वक काल देखि नै चैतेदशै, रामनवमीका अवसरमा लाग्ने सिस्ठेनी मेलाले “प्राकृतिक सौन्दर्य र मनोरम दृष्य,माथी कोट भौरव तल रुपाताल हाम्रो भविष्य ” भन्ने मुल नाराका साथ यस क्षेत्रको चिनारी, आर्थीक,सामाजिक,सांस्कृतिक,एवंम पर्यटकीय क्षेत्रको विकास,संरक्षण र संवद्र्धनमा सहयोग पुग्ने गरि मेल गर्न लागिएको हो ।
मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता,राष्ट्रिय लोक दोहोरी,कुर्षि प्रदशनी,फुड फेष्टिवल,जैविक विविधताको प्रदर्शनी,माछा प्रदर्शनी,पप कन्सर्ट, हास्यप्रहसन,वाल उद्यान लगाएत स्थानिय जात जातीको रितिरिवाज भल्कने गरि सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
Discussion about this post