लेखनाथ, २२ चैत्र । नागरिक परोपकार समन्वय संस्था कास्कीले आगोलागी तथा डढेलो सचेतना प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
सुख्खा मौसम सुरु भएसँगै आगलागी तथा डढेलोको जोखिम बढ्ने हुँदा डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष देवराज पन्थिले वताए ।
कार्यक्रममा शसस्त्र प्रहरी कालिका गण मालेपाटनका प्रशिक्षण टोलिले सुक्खा मौसममा आगलागीको जोखिम उच्च हुने भएकाले आगो नबाल्ने, बालबालिकालाई सचेत गराउने, पेट्रोल, डिजेल, मट्टितेलजस्ता पदार्थहरू सुरक्षित रूपमा राख्ने जस्ता उपायहरू अपनाउन आग्रह गरिएको थियो भने आगलागी भईहालेको नियन्त्रणमा लिने तरिकाहरुको विषयमा प्रशिक्षण दिईएको थियो ।
उक्त अवसरमा नजिकिदै गरेको नयाँ बर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो लोकार्पण समेत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश पुर्व सांसद दिपक कोइराला, शसस्त्र प्रहरी बल कालिका गण कास्की प्रहरी उपरीक्षक सुर्य प्रसाद तिमिल्सेना, पोखरा महानगरपालिका वडा नं.३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी, सस्थापक अध्यक्ष राजेन्द्र ओझा, सस्थापक संरक्षक श्रीराम पोख्रेल, एमाले गण्डकी प्रदेस सचिवालय सदस्य टिकाराम पगेनी , सल्लाहकार बाबुराम गिरि लगायतले बोलेका थिए ।
कार्यक्रमका वक्ताहरुले डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने गरेको देखिएको वताउँदै यसको न्यूनिकरणको लागी सचेतना कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको संस्थाका कार्यलय प्रमुख मनिष घिमिरेले वताए ।
संस्थाका अध्यक्ष देवराज पन्थिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जीवी तिवारीले र कार्यक्रमको सन्चालन सचिव शिवराज सुबेदिले गरेका थिए ।
Discussion about this post