• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सातौं रुपा सिष्ठेनी मेला सुरु

Ramsharan Nepali by Ramsharan Nepali
April 4, 2025
in समाचार, स्थानीय
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २२ चैत्र । सातौं रुपा सिष्ठेनी मेला शुक्रबारबाट शुरु भएको छ । “इतिहास सँगै पर्यटकीय प्रवद्र्धन, जैविक विविधता, सिमसार हाम्रो संरक्षण” भन्ने मुल नाराका साथ स्थानिय रुपा यूवा क्लवको आयोजनामा रुपातालको किनारमा रहेको सिष्ठेनीमा मेलाको आयोजना गरिएको हो ।

करीब ६ सय वर्ष अघिदेखिको ईतिहास बोकेको मेलालाई समय अनुकुल परिष्कृत र परिमार्जीत गर्दै चैते दशै तथा नव वर्ष २०८२ को अवसरमा क्लवले मेलाको सातौं संस्करणको आयोजना गरेको हो ।

मेला तथा महोत्सवको सुरुवात सिस्टेनीबाटै भएको दावी गर्ने स्थानियहरु उक्त समयमा पनि मेलामा स्थानिय कृषि उत्पादन, कृषि औजार तथा छेलो हान्ने ठाउँको रुपमा ख्याती कमाएको वताउँछन ।

शुक्रबार मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका बन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले मौलिक सँस्कृती र स्थानीय उत्पादनलाई टेवा पु¥याउन मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गदै मेला र महोत्सवलाई समयानुकुल परिस्कृत गर्दै मेलामा विकास निर्माणका आवश्यकता र योजनाका विषयमा पनि छलफल चलाउनुपर्ने वताएका थिए ।

मन्त्री पौडेलले भने “हाम्रो ठाउँ हामीले नै वनाउने हो जसका लागि अव हामी आय आर्जनमा जोडिनै पर्छ, विदेशमा गएका नेपालीलाई स्वदेशमा फर्काउने र स्वदेशमा नै रहेका युवालाई यही नै रोजगार सृजना गर्न सकियो भने हाम्रो देशको विकास भोली होईन आजै हुन्छ” ।

कार्यक्रममा पुर्वमन्त्री यज्ञ वहादुर थापाले शासन हैन सुशासान अहिलेको आवश्यकता भएको वताउँदै जनता नेताका लागि विश्वविद्यालय भएको र नेतृत्वमा हुनेले जनताले सिकाएकै काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले तिनै तहबाट विनियोजित हुने बजेट कनिका छरे झैं छर्न नहुने र एकद्धार प्रणालीबाट वितरण गर्नुपर्ने वताएका थिए ।

पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले विकास निर्माणका काममा संघिय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।

क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठले मेलामा साहित्य कला, संस्कृति, धर्मको जागरण गर्ने, रुपाताल वरिपरी विकासका लागि पहल गर्ने, पर्यटन प्रवद्धर्न गर्ने मेलाको उद्देश्य रहेको बताए ।

कार्यक्रममा झाँकी ¥याली संयोजक सीता अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र लोक दोहोरी गायक शिवहरि ढुंगाना लगायतले मेलालाई वार्षिक रुपमै मनाउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्थानिय जात जाती तथा आमा समुहहरुले मौलीक सस्कृती झल्कने गरि आ आफनो भेष भुषामा झाँकी ¥याली प्रदर्शन गरिएको थियो ।

क्लबका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन क्लबका सचिव अनिल पंगेनीले गरेका थिए ।

मेलामा खुला भलिबल प्रतियोगिता, महिला, पुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, रत्यौली प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी, कृषि प्रर्दशनी, फुड फेस्टिवल, जैविक विविधताको प्रर्दशनी, रुपा तालका माछा प्रर्दशनी, पप कन्सर्ट, बाल उद्यान र साँस्कृतिक कार्यक्रमको प्रस्तुती रहने छ ।

मेलाले साहित्य कला, संस्कृति र धर्मको जागरण गर्ने, रुपाताल वरिपरिको विकासका लागि पहल गर्ने, आन्तरिक तथा बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतको उद्देश्य राखिएको छ ।

मेला सम्पन्न गर्न करीब ३३ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने खर्च कटाएर करीब २ लाख बचत हुने अनुमान गरिएको छ । करिव ३० रोपनी क्षेत्रफल भित्र १ सय १५ वटा स्टल रहने र करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

Previous Post

नागरिक परोपकारको आगलागी तथा डढेलो सम्बन्धी सचेतना कार्यक्रम

Next Post

पोखरा–२६ द्धारा मौरीपालन तालिमसँगै गोलासहितको मौरी घार वितरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

पोखरा–२६ द्धारा मौरीपालन तालिमसँगै गोलासहितको मौरी घार वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?