लेखनाथ,२२ चैत्र । वडावासीको आय आर्जनमा वढवा दिने उदेस्यले पोखरा महानगरपालिका वडा नं २६ ले मौरीपालन ब्यवसायलाई अगाडी वढाउने भएको छ ।
वडाको भु बनोटका आधारमा मौरीका लागि उपयुत्त वातावरण रहेकाले मौरी पालन तर्फ किसानलाई आकर्षण गर्नका लागि ५० प्रतिशत अनुदानमा वडाभित्रका किसानहरुका लागी तीन दिने मौरीपालन तालिम सँगै गोलासहितको मौरीघार वितरण गरेको हो ।
कृषकहरुलाई व्यवसायीक र आत्मनिर्भर बनाउने उद्धेश्यले कृर्षि सञ्जाल पोखरा २६ को आयोजनामा भएको तीन दिने तालिमको उद्घाटन पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले गरेका थिए ।
तीन दिनसम्म चलेको तालिम पश्चात सहभागी कृषकहरुलाई मौरी घार तथा प्रमाण पत्र वितरण गर्दै वडाअध्यक्ष थापाले कृषि पेशालाई मर्यादित र जिवन उपयोगी बनाउनका लागि परम्परागत सैलीलाई भन्दा पनि आधुनिक र प्रविधीको प्रयोग गरि अगाडी वढ्न आग्रह गरेका थिए ।
कृषि क्रान्तिबाट वडालाई कृषि उत्पादनमा आत्मनिर्भर वनाउनका लागि असल किसानको पहिचान गरि प्रत्साहनका लागि सन्मान गर्ने र विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न खोज्नेहरुलाई आर्थीक अनुदान सहयोग गर्ने योजना वडाले बनाएको विचार राखेका थिए ।
उक्त अवसरमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले यसप्रकारको तालिमबाट सिकेको सिप तुरुन्तै व्यवहारमा परिवर्तन गर्न सकिने र थोरै लगानीमा १ वर्षमै ३ गुणा सम्म फाईदा लिन सकिने वताएका थिए ।
उनले मौरीपालनको माधयमबाट यो ठाउँको जैविक विविधता बढाउन सहयोगी हुने, विषादी न्यूनीकरण हुने, मह स्वास्थ्य र उपयोग हिसाबले राम्रो भएको, बजारको समस्या नरहेको वताउँदै मौरीपालन व्यवसायलाई सफल बनाउन फलफुलका विरुवाहरु विस्तार गरेर मौरीको चरनक्षेत्र पनि विस्तार गर्नुपर्नेमा ध्यान दिनुपर्ने वताएका थिए ।
मौरी घार वितरण कार्यक्रममा लागु औषध व्यूरोका विद्याधर त्रिपाठीले सिकेको सिपलाई तुरुन्त ब्यवहारमा उर्तान सकिने मौरी पालन ब्यवसायबाट सानो लगानीमा धेरै कमाउन सकिने वताएका थिए साथै उनले सिप र प्रविधीको प्रयोग गरि कम मेहनतमा हाम्रो दैनिक जिवनमा उपायोगी हुने मह उत्पादन गर्न सकिने बताएका थिए ।
कृषि सञ्जाल पोखरा २६का अध्यक्ष केशव ढुगानाको अध्यक्षतामा भएको तालिममा मौरी विज्ञ रमेशराज पौडेल, धन वहादुर रानामगर र अर्घौ कृषि केन्द्रका प्रमुख सन्तोष सुवेदीले मौरी चरन, मह उत्पादन, गोला व्यवस्थापन, रानी उत्पादन लगायतका विषयमा प्रशिक्षण दिएका थिए भने तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गर्दै मौरीपालन किसान वन्न सक्नु पर्ने सुझाव राखेका थिए ।
कृर्षि सञ्जालका सचिव ईश्वरराज भण्डारीले संचालन गरेको समापन कार्यक्रममा स्वागत मन्तब्य सहभागीहरुको तर्फबाट सिता थापाले गरेकी थिईन भने उद्घाटन सत्रमा स्वागत मन्तब्य उपाध्यक्ष दुर्गा तिमिल्सेनाले गरेकी थिईन ।
Discussion about this post