• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

ङ्योए तमु धि लेखनाथले मनायो ट्होटे

Ramsharan Nepali by Ramsharan Nepali
April 9, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ चैत्र । ङ्योए तमु धिं लेखनाथ अन्तरगत रहेका तमु समाजेले हर्सोल्लासका साथ ट्होटें पर्व मनाएका छन् । चैत्र महिनाको अन्तिम मंगलबार संस्थामा आबद्व २६ समुहले सामुहिक रुपमा भेला भएर तामझामका साथ टोहोटे पर्व मनाएका हुन् ।

गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । यस पर्वलाई भुतप्रेत भगाउने,रोग ब्यादी हराउने र नयाँ अन्नवाली लगाउने सिजनका रुपमा मनाउने गरिन्छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशमा पुर्व मन्त्री तथा प्रदेश सभासद् वेद वहादुर गुरुङ (श्याम)ले ट्हाटें पर्व तमुहरुको परम्परागत ऐतीहासिक पर्व भएको वताउँदै हाम्रो मौलीक सस्कृतीको रक्षा गर्ने दाईत्व पनि हामीहरुमा रहेको वताएका थिए ।

उनले पर्वले एकता र सद्भावको विकास गराउने भएकाले आफ्नो भाषा र संस्कृती जोगाउन समुदाय संगठीत हुनुपर्नेमा जोड दिदै धार्मीक विश्वास वढाउन भावी पुस्तालाई सस्कार र सस्कृतीका वारेमा जानकारी गराउनु नै यस खालका चाडवाडको महत्व रहने वताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं–२९ का अध्यक्ष श्रीप्रसाद गुरुङले भाषा संस्कृतीनै तमु समुदायको पहिचान भएको वताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिंदै पर्व मनाउदा हामीमा एकता र सद्भाव सृजना हुने विश्वास दिलाएका थिए ।

सोही अवसरमा समाजकी महिला उपाध्यक्ष काशीमाया गुरुङले धार्मीक संस्कार,मौलीक परम्परा र पुर्खाले चलाएको संस्कृतीको संरक्षण गर्नुपर्नेमा जोड दिदै पर्वले तमु एकताको आवस्यकता झल्काउने वताएकी थिईन भने सस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष जंग वहादुर गुरुङले ट्होटें पर्वले सुख शान्ती र निरोगी बनाउनुका साथै धार्मिक भावना जागृत गराउने विश्वास दिलाएका थिए ।

ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङले स्वागत मन्तव्य सहित सस्था सस्थापनको आवस्यकता र यसले समाजमा दिएको एकताको शंदेसका वारेमा चर्चा गरेका थिए भने क्षेत्रीय समाजको तर्फबाट पचभैया तमु समाजका अध्यक्ष सन्तोष गुरुङले टहोटे पर्व सवै जात जातीको चाड रहेको बताएका थिए ।

विविध सास्कृतीक कार्यक्रमका साथ सुरु भएको कार्यक्रमको संचालन ङ्योए तमु धिं लेखनाथका सचिव राजु गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष मेख बहादुर गुरुङले गरेका थिए ।

कार्यक्रम शुरु हुनु अगाडि भण्डारढीक खेल मैदानबाट ङ्योए तमु धिं को भवनसम्म तमुहरुको मौलीक संस्कृती र परम्परा झल्कीने भेष भुषा र ब्यानर सहितको ¥र्याली निकालीएको थियो ।

Previous Post

आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

Next Post

नेपाली कांग्रेस कास्की–१ को सम्मेलन : डा. चन्द्र भण्डारीले उद्घाटन गर्ने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नेपाली कांग्रेस कास्की–१ को सम्मेलन : डा. चन्द्र भण्डारीले उद्घाटन गर्ने

नेपाली कांग्रेस कास्की–१ को सम्मेलन : डा. चन्द्र भण्डारीले उद्घाटन गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?