• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कालिका सामुदायीक सेवा केन्द्रद्धारा पोखरा–२८ चुत्रकोटमा सरसफाई

Ramsharan Nepali by Ramsharan Nepali
April 6, 2025
in समाचार, स्थानीय
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २४ चैत्र । कालिका सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आयोजनामा पोखरा–२८ काउलेडाँडा चुत्रकोटमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण भएको र रमणीय दृश्यहरुको अवलोकनको लागी उपयुक्त स्थान भएकाले त्यहाँ घुम्न आउने आन्तरीक पर्यटकहरुको संख्या वढेसँगै फोेहोर पनि वढ्न थालेपछि सरसफाई कार्यक्रमको आयोजना गरिएको सेवा केन्द्रका अध्यक्ष प्रविन नेपालीले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले विगतदेखी नै पर्यटकिय क्षेत्रको रुपमा चर्चित यस ठाउँमा पर्यटकिय पुर्वाधारहरुको विकास हुन नसकेकाले ओझेलमा परेको वताउँदै यसलाई सफा र स्वच्छ राख्ने जिम्मेवारी सबैको भएको वताए ।

वडाध्यक्ष लामिछानेले यस क्षेत्रमा पदमार्गको विकास गर्ने वडाको योजना रहेको र नेपालकै ठूलो १ सय ८ फिट अग्लो अर्धनारीश्वर महादेवको मूर्ति स्थापना गरि धामको रुपमा विकास गर्ने गुरुयोजना बनेको हुँदा यस प्रकारका पर्यटनका पूर्वाधार निर्माणले धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास हुने र यस क्षेत्रकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सामुदायीक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीकी प्रथम उपाध्यक्ष विष्णु सुवेदी भण्डारीले सरसफाई गर्नुभन्दा पनि राम्रो फोहोर नगर्नु हुने वताउँदै यस्तो कार्य कुनै एक दुई संस्था र स्थानिय सरकारले चाहेर मात्र नहुने सम्र्पुण नागरिक सचेत हुनुपर्ने वताईन ।

यस्तै हाम्रो आरुपाटा टोल विकास संस्थाका अध्यक्ष वेदनाथ अधिकारीले विगतमा विदेशी पर्यटकहरुले भरिभराउ हुने पर्यटकिय ठाउँ भएको र अहिले पनि आन्तरीक पर्यटकहरुको संख्या वढ्दै जाँदा फोहोर व्यवस्थापन सँगै विभिन्न विकृति विसंगती पनि मौलाउँदै गएको गुनासो गरे ।

सरसफाई कार्यक्रममा विभिन्न संघ संस्थाहरु, आमा समुह, युवा क्लव, राजनितिक दलका प्रतिनिधिहरु, आरुपाटा युथ टिमका युवाहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

कालिका सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आयोजनामा पोखरा–२८ काउलेडाँडा चुत्रकोटमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

Posted by Lekhnath Khabar on Sunday, April 6, 2025

 

Previous Post

पोखरा–२६ द्धारा मौरीपालन तालिमसँगै गोलासहितको मौरी घार वितरण

Next Post

पोखरा २६ मा गणतन्त्रको अपरिहार्यताका वारेमा अन्तरसंवाद

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा २६ मा गणतन्त्रको अपरिहार्यताका वारेमा अन्तरसंवाद

पोखरा २६ मा गणतन्त्रको अपरिहार्यताका वारेमा अन्तरसंवाद

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?