लेखनाथ,२१ चैत्त । रामनहमीको अवसर पारेर कास्कीको पोखरा महानगरपालिका वडा नं ३० को शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रमा महाभारतमा आधारीत रामायण पाठपरायण संचालन भएको छ ।
शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रको आयोजनामा यहि चैत्र १७ गते देखि २५ गतेसम्म संगितमय भगवान रामको महिमामा आधारित रामायणको प्रवचन गरिदै आएको सेवा केन्द्रका अध्यक्ष तारा प्रसाद पौडेलले जानकारी दिएका छन् ।
दैनिक सय भन्दा वढि जेष्ठ नागरिकको उपस्थिती रहने सेवा केन्द्रले विशेष प्रकारका चाडवाडलाई आधार मानी यस पटक रामनहमीको अवसरमा रामायणको पाठपरायण गर्दै त्यसलाई नेपालीमा ब्याख्या गर्ने गरेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रका सल्लाहकार ईन्द्र वहादुर थापाले बताएका छन् ।
यहि चैत्र २५ गते समापन गरिने प्रवचनमा आचार्य डा. भोलानारायण रेग्मी,उपवाचकीमा पण्डित कमलराज सापकोटा,गणेशमा पंण्डित कृष्णप्रसाद लामिछाने र रुद्रीमा पंण्डित ओमप्रसाद वराल रहेका छन् ।
Discussion about this post