• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

Ramsharan Nepali by Ramsharan Nepali
April 3, 2025
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २१ चैत । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा महानगरपालिका र केसी समूहको सहयोगमा गरिएको हो ।

होटल बाराहीमा गरिएको सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले गर्नुभएको थियो ।

कालिका मल्टिपल क्याम्पस व्यवस्थापन समिति अध्यक्ष किरण केसीको अध्यक्षता एवम् क्याम्पस प्रमुख एशोसिएट प्रा. विरञ्जि गौतमले स्वागत गर्नुभएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसे, ओटीएस एकेडेमी युकेकी अध्यक्ष प्रा. डा. इयुजेनियाविकेन्स, जापानको निहोन विश्वविद्यालयका प्रा. डा. नुबुयुकी टोकुरो, पर्यटनविद् प्रा. डा. रमेशराज कुँवर लगायतले बोल्नुभएको थियो ।

दुई दिनसम्म चलेको सम्मेलनको पहिलो दिन प्रा. डा. महानन्द चालिसेले ‘उच्च शिक्षामा नवप्रवर्तन र हालका प्रवृत्ति’ विषयमा, प्रा. डा. इयुजेनियाविकेन्सले ‘पर्यटन र स्थिरता’ विषयमा तथा एसोसिएट प्रा. डा. एन सुवारी एस्टनले ‘आध्यात्मिक पर्यटन’ विषयमा प्रस्तुति दिनुभयो । त्यस्तै ‘नेपालमा दिगो पर्यटन विकासका सम्भावना’ विषयमा आयोजित प्यानल छलफलमा पर्यटनविद् प्रा. डा. रमेशराज कुँवर, प्रा. डा. देवराज अधिकारी, असिस्टेन्ट प्रा. डा. माईकलअपोलो, डा. कृष्ण चन्द्र देवकोटा र वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराई सहभागी हुनुहुन्थ्यो ।

कार्यपत्र प्रस्तुति सत्रमा नेपाल र विदेशका अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धानहरू प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका कार्यपत्रहरूमा हरित पर्यटन, धार्मिक पर्यटनको आर्थिक प्रभाव, उच्च शिक्षाको दिगो पर्यटन प्रवद्र्धनमा भूमिका, जलवायु परिवर्तन र पर्यटन विकास, डिजिटल प्रविधिको प्रभाव, भाषाशिक्षाको नवप्रवर्तन जस्ता विषयहरू समेटिएका थिए ।

दोस्रो दिन जापानको निहोन विश्वविद्यालयका प्रा. डा. नुबुयुकी टोकुरोले ‘सह–निर्माणबाट नवप्रवर्तन’ विषयमा अमेरिका स्थित येल विश्वविद्यालयका असिस्टेन्ट प्रा. डा. माईकलअपोलोले ‘जलवायु प्रव्रजनकालागि पर्यटन कत्तिको तयार छ?’ भन्ने विषयमा विचार व्यक्त गर्नुभयो । तत्पश्चात आयोजित प्यानल छलफलमा प्रा. डा. देवराज काफ्ले, प्रा. डा. इयुजेनीयविकेन्स, प्रा. डा. लेखनाथ भट्टराई, सह–प्रा. डा. अन्ना सुवारी एस्टन ‘उच्चशिक्षा र आर्थिक विकास’ विषयमा आफ्ना विचार राख्नुभएको थियो ।

सम्मेलनको अन्तिम सत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कालिका मल्टिपल क्याम्पसका प्रमुख एसोसिएट प्रा. विरञ्जी गौतमले सम्मेलन सफलताका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसीले सम्मेलनले नेपालमा उच्च शिक्षाको विकास, दिगो पर्यटन प्रवद्र्धन र नवप्रवर्तनका लागि नयाँ सम्भावनाहरू खोलेको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन उप–प्राध्यापक दीपेन्द्र पहारीले गर्नुभएको थियो ।

सम्मेलनले उच्चशिक्षा, दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै अनुसन्धानकर्ताहरू, प्राध्यापकहरू, नीतिनिर्माताहरू र पर्यटन व्यवसायीहरूलाई महत्वपूर्ण मञ्चप्रदान गरेको छ । सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझावहरूले नेपालमा दिगो पर्यटन तथा उच्च शिक्षाको स्तर वृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

Previous Post

बसमा यात्रा गर्ने क्रममा ५१ हजार रुपैंया चोरी

Next Post

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण वाचन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण वाचन

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण वाचन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?