लेखनाथ, १ वैशाख । वि स २०४३ सालमा कास्की जिल्लाबाट राष्ट्रिय सभामा जननिर्वाचित पुर्व माननिय उत्तम पुनले पोखरा ३२ को राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेका छन् ।
नयाँ वर्ष २०८१ को सुभ अवसरमा पुन परिवारले आफना वुवा हेमवहादुर पुनको नाममा स्थापना गरिएको हेमवहादुर पुन स्मृति प्रतिष्ठान नेपाल र सामाजिक कल्याण प्रतिष्ठान नेपालको संयुत्त आयोजनामा आश्रमका बृद्ध बृदाको लागि खाद्यान्य ,फलुफुल र तरकारी सहयोग गरिएको हो ।
प्रतिष्ठानले हरेक वर्ष सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगलाई यस वर्ष पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण बृद्धश्रमलाई सहयोग गरेको हो ।
स्मृती प्रतिष्ठानका संरक्षक तथा पुर्व मन्त्री समेत रहेका पुनले आश्रममा रहेका करिव ६० जना बृद्धबृदाका लागि आवस्यक पर्ने खाद्यान्न हस्तान्त्रण गर्दै आफुले बाल्य काल देखि नै असाहाय,असक्तहरुका लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोग गर्नुलाई आफनो कर्तव्य ठानेको बताएका थिए ।
कार्यक्रममा हेमवहादुर पुन स्मृती प्रतिष्ठानका अध्यक्ष क्याप्टेन रविन्द्र पुनले सामाजिक रुपले पछि परेका वर्गलाई आर्थीक रुपले माथी उठाउन र कोही पनि नेपाली भोकमरिको मारमा नपरोस भन्ने उदेस्यले प्रष्ठिान मार्फत सहयोग गर्दै आएको बताएका थिए ।
आश्रमकमा वसोवास गर्दै आएका जेष्ठ नागरिको लागि आवस्यक पर्ने खाद्यय सामाग्री पुर्व मन्त्री समेत रहेका पुनको परिवारले बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल,कोषाध्यक्ष शिव वहादुर थापा र सह सचिव रजनी लामिछानेले लाई सनिवार आश्रममा पुगी एक कार्यक्रमका विच हस्तान्त्रण गरेका हुन् ।
Discussion about this post