लेखनाथ, २ वैशाख । कास्कीको रुपाकोटबाट लेखनाथ आएका अजित खड्काले चलाएको स्कुटरमा पेट्रोल हाल्ने क्रममा आगो लागि भएको छ ।
रुपा –६ फालभञ्ज्याङ्ग घर भएका खड्काले चलाएको ग ८ प ८२१८ नम्वरको डियो स्कुटरमा पोखरा २९ तालचोकमा रहेको विन्दवासीनी पेट्रोल पम्पमा तेल हाल्ने क्रममा एक्कासी आगो लागे पछि स्कुटर पुर्ण रुपमा क्षेती भएको छ ।
पम्पका संचालन नन्दराज वरालका अनुसार खड्का सवार स्कुटरमा कसरी आगो लागि भयो आफुले अनुमान नै गर्न नसकेको वताउदै आगो देखिने वित्तिकै पम वन्द गरि आगो निभाउने ग्याँस तथा पानीको प्रयोगले आगोलाई नियन्त्रणमा लिन सकिएकाले अन्य क्षेती हुनबाट वचाउन सकिएको वताएका छन् ।
दनदनी आगो वले पछि स्थानियहरुको साहायताले स्कुटरलाई फलामको रडले पम्पबाट केही पर तानेर लगिएकाले आगो अनेत्र फैलिन पाएको थिएन ।
Discussion about this post