लेखनाथ, ३ वैशाख । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौचोकमा रहेको नयन वचत तथा ऋण सहकारी सस्थाले आफनो १२ औं स्थापना बृद्धाश्रममा सहयोग गरेको छ ।
सहकारीले सामाजिक उत्तरदाईत्व अन्तरगत पोखरा २७ को श्रीकृष्ण प्रणामी बृद्धावन धामका वसोवास गर्दै आएका १६ जना अनाथ वालवालिका र छ जना बृद्ध बृदाका लागि आवस्यक पर्ने खाद्यन्न,फलफुल सहित नगद सहयोग गरेको हो ।
सहयोग सामाग्री हस्तान्त्रण गर्दै सस्थाका सल्लाहकार तथा पुर्व जनप्रतिनिधी रामकृष्ण जि सी ले सहकारीले नाफाका लागि मात्र नभई न्युन आर्थीक अवस्था कमजोर भएकालाई माथी उठाउनका लागि सहकारीले योजना ल्याउनु पर्ने सुझाव राख्दै सहकारीका क्षेत्रमा देखिएका समस्यालाई राष्ट्रिय स्तरवाटै समाधान गर्नु पर्नेमा जोड दिएका थिए ।
सस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दामोदर सापकोटाले कार्यक्रमको उदेस्यका वारेमा जानकारी गराएका थिए भने सस्थाका सचिव शिवहरी सुवेदीले कार्यक्रम संचालन र उपाध्यक्ष कृष्ण प्रसाद सुवेदीले स्वागत मन्तव्य तथा आश्रमकी संचालीका कला गुरुङले आश्रमको वस्तु स्थीतिका बारेमा जानकारी गराएकी थिईन ।
Discussion about this post